कैलाली-३ मा नेकपालाई उछिन्दै रास्वपाको अग्रता « Khabarhub

कैलाली-३ मा नेकपालाई उछिन्दै रास्वपाको अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

घोडाघोडी– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं ३ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् । 

सुरुवाती चरणदेखि अग्रस्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार वीरमान चौधरीलाई उछिन्दै रास्वपाका उम्मेदवार जगत जोशीले अग्रता लिएका हुन् ।

सहायक निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार हालसम्म भजनी नगरपालिका-२, ३, ५, ७ र ९ को मतगणना सम्पन्न भएको छ ।

कुल नौ हजार ९९० मतगणना हुँदा रास्वपाका जोशीले दुई हजार ६५२ मत प्राप्त गर्दै अग्रस्थान कायम गरेका छन् । यसअघि वडा नं २, ३ र ९ को मतगणना सम्पन्न हुँदा नेकपाका उम्मेदवारको अग्रता थियो ।

त्यसैगरी नेकपाका उम्मेदवार चौधरीले दुई हजार ४०८ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका उम्मेदवार विक्रम चौधरीले एक हजार ५५२, नेपाली कांग्रेसका उम्मेदवार भीम बडुवालले एक हजार ३१७, नेकपा (एमाले) का उम्मेदवार गौरीशङ्कर चौधरीले एक हजार ११० र राप्रपाका उम्मेदवार वीरेन्द्र बमले ३७३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत जोशीले जानकारी दिए । 

उनका अनुसार हालसम्म ५०७ मत बदर भएको छ । कैलाली क्षेत्र नं ३ मा कुल एक लाख नौ हजार १२२ मतदाता रहेकामा ६० हजार २९४ मत खसेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : ५१ बजे

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा