कास्कीका तीनवटै क्षेत्रमा रास्वपा उम्मेदवारको फराकिलो अग्रता « Khabarhub

कास्कीका तीनवटै क्षेत्रमा रास्वपा उम्मेदवारको फराकिलो अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

कास्की – प्रतिनिधिसभा सदस्य निर्वाचनको कास्कीमा जारी मतगणनामा तीन वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् ।

कास्की–१ मा आज साँझसम्म १९ हजार ६१३ मत गणना सकिएको छ । जसमा रास्वपा उम्मेदवार गनेस पौडेलले आठ हजार १३० मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । यसैगरी नेकपा (एमाले)का उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले चार हजार ८३९ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका तिलक रानाभाटले चार हजार ३६४ मत प्राप्त गरेका छन् ।

कास्की–२ मा रास्वपाका उत्तम पौडेलले १९ हजार ७१७ मतसहित अग्रता बताउका छन् । एमालेका उम्मेदवार रश्मी आचार्यले पाँच हजार ४९१ मत ल्याएका छन्। नेपाली कांग्रेसका माधव बाँस्तोलाले तीन हजार १३२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले जानकारी दिए ।

कास्की–३ मा रास्वपाकी उम्मेदवार बिना गुरुङले २१ हजार १०१ मतसहित फराकिलो अग्रता बनाएका छन् । नेपाली कांग्रेसका मनोज गुरुङले आठ हजार ९२४ मत प्राप्त गर्दा नेकपा एमालेका दामोदर पौडेल चार हजार ७८७ मत प्राप्त गरेका छन् । कास्की–३ मा एक लाख सात हजार ५६० मतदाता रहेकामा ६५ हजार ४०७ मत खसेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : ०४ बजे

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै