कास्कीका तीनवटै क्षेत्रमा रास्वपा उम्मेदवारको फराकिलो अग्रता « Khabarhub

कास्कीका तीनवटै क्षेत्रमा रास्वपा उम्मेदवारको फराकिलो अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

कास्की – प्रतिनिधिसभा सदस्य निर्वाचनको कास्कीमा जारी मतगणनामा तीन वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् ।

कास्की–१ मा आज साँझसम्म १९ हजार ६१३ मत गणना सकिएको छ । जसमा रास्वपा उम्मेदवार गनेस पौडेलले आठ हजार १३० मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । यसैगरी नेकपा (एमाले)का उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले चार हजार ८३९ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका तिलक रानाभाटले चार हजार ३६४ मत प्राप्त गरेका छन् ।

कास्की–२ मा रास्वपाका उत्तम पौडेलले १९ हजार ७१७ मतसहित अग्रता बताउका छन् । एमालेका उम्मेदवार रश्मी आचार्यले पाँच हजार ४९१ मत ल्याएका छन्। नेपाली कांग्रेसका माधव बाँस्तोलाले तीन हजार १३२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले जानकारी दिए ।

कास्की–३ मा रास्वपाकी उम्मेदवार बिना गुरुङले २१ हजार १०१ मतसहित फराकिलो अग्रता बनाएका छन् । नेपाली कांग्रेसका मनोज गुरुङले आठ हजार ९२४ मत प्राप्त गर्दा नेकपा एमालेका दामोदर पौडेल चार हजार ७८७ मत प्राप्त गरेका छन् । कास्की–३ मा एक लाख सात हजार ५६० मतदाता रहेकामा ६५ हजार ४०७ मत खसेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : ०४ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको