मतगणना प्रक्रियालाई शान्तिपूर्ण बनाउनेतर्फ केन्द्रित हुन महानिरीक्षकको निर्देशन « Khabarhub

मतगणना प्रक्रियालाई शान्तिपूर्ण बनाउनेतर्फ केन्द्रित हुन महानिरीक्षकको निर्देशन


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्यको जारी मतगणना प्रक्रियालाई शान्तिपूर्ण बनाउन उच्च मनोबलका साथ काम गर्न देशभरका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट ‘भर्चुअल’ माध्यमद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानपश्चात् अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुमा आज प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान प्रक्रियालाई शान्तिपूर्ण, भयरहित एवं निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरूले उच्च मनोबलका एवं जिम्मेवारीबोधका साथ प्रदर्शन गरेको व्यावसायिकता प्रशंसनीय रहेको बताए ।

प्रहरी महानिरीक्षक कार्कीले मतगणनास्थलमा देखा पर्नसक्ने सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न सूचना सङ्कलनलाई विशेष प्राथमिकतामा राखी आवश्यक सुरक्षा रणनीतिसहित प्रभावकारी प्रहरी परिचालनमा विशेष सतर्कता अपनाउन निर्देशन दिए ।

मतगणनास्थल, मतगणनाको परिणाम एवं विजयी दलको र्याली, जुलुसलगायतका क्रियाकलापमा कुनै पनि त्रुटि नहुने गरी थप संवेदनशील भई कार्य गर्नसमेत आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा गलत सूचना तथा मिथ्या सूचना सम्प्रेषणमा संलग्नलाई कानुनी दायरामा ल्याउन थप सक्रिय रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : २५ बजे

एमसिए-नेपालले गर्‍यो दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य सुरु

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं- परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’ 

काठमाडौंं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री गैर