मतगणना प्रक्रियालाई शान्तिपूर्ण बनाउनेतर्फ केन्द्रित हुन महानिरीक्षकको निर्देशन « Khabarhub

मतगणना प्रक्रियालाई शान्तिपूर्ण बनाउनेतर्फ केन्द्रित हुन महानिरीक्षकको निर्देशन


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्यको जारी मतगणना प्रक्रियालाई शान्तिपूर्ण बनाउन उच्च मनोबलका साथ काम गर्न देशभरका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट ‘भर्चुअल’ माध्यमद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानपश्चात् अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुमा आज प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान प्रक्रियालाई शान्तिपूर्ण, भयरहित एवं निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरूले उच्च मनोबलका एवं जिम्मेवारीबोधका साथ प्रदर्शन गरेको व्यावसायिकता प्रशंसनीय रहेको बताए ।

प्रहरी महानिरीक्षक कार्कीले मतगणनास्थलमा देखा पर्नसक्ने सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न सूचना सङ्कलनलाई विशेष प्राथमिकतामा राखी आवश्यक सुरक्षा रणनीतिसहित प्रभावकारी प्रहरी परिचालनमा विशेष सतर्कता अपनाउन निर्देशन दिए ।

मतगणनास्थल, मतगणनाको परिणाम एवं विजयी दलको र्याली, जुलुसलगायतका क्रियाकलापमा कुनै पनि त्रुटि नहुने गरी थप संवेदनशील भई कार्य गर्नसमेत आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा गलत सूचना तथा मिथ्या सूचना सम्प्रेषणमा संलग्नलाई कानुनी दायरामा ल्याउन थप सक्रिय रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : २५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको