पराजित भएपछि कुलमानले भने : मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु « Khabarhub

पराजित भएपछि कुलमानले भने : मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाण्डेलाई बधाई दिएका हुन् । उनले आफ्नो पक्षमा मत दिने मतदाताप्रति आभार पनि व्यक्त गरेका छन् ।

घिसिङले आफूलाई विश्वास गरेर मत दिएका क्षेत्रका मतदाताप्रति कृतज्ञता प्रकट गर्दै मतदाताले देखाएको माया र विश्वास सधैं प्रेरणाको स्रोत रहने बताएका छन् ।

उनले निर्वाचनको परिणाम जस्तोसुकै भए पनि क्षेत्रको समग्र विकास, सुशासन र समृद्ध नेपाल निर्माणका लागि आगामी दिनमा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

आफ्नो पार्टीका नेता–कार्यकर्ता, समर्थक, स्वयंसेवक तथा शुभेच्छुकले अभियानमा दिएको सहयोग र मेहनतप्रति उनले धन्यवाद दिएका छन् । घिसिङले सबैको साथ, माया र विश्वासले आफूलाई देश र जनताको सेवामा अझ जिम्मेवार भएर काम गर्न प्रेरणा दिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : २९ बजे

धनुषा–३ मा रास्वपाका झा विजयी

जनकपुर- धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष

कास्की-२ मा रास्वपाका पौडेल विजयी

गण्डकी- प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय

रास्वपाको आँधीले उडायो संसद्‍मा दोहोरिने प्रदीपको सपना

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका उम्मेदवार, कांग्रेस महामन्त्री

काठमाडौँ-५ मा रास्वपाका पोखरेल विजयी

काठमाडौँ, २३ फागुन : काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा

दैलेख-१ मा कांग्रेसकी बासना थापा विजयी

काठमाडौं- दैलेख क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेपाली