पराजित भएपछि कुलमानले भने : मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु « Khabarhub

पराजित भएपछि कुलमानले भने : मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाण्डेलाई बधाई दिएका हुन् । उनले आफ्नो पक्षमा मत दिने मतदाताप्रति आभार पनि व्यक्त गरेका छन् ।

घिसिङले आफूलाई विश्वास गरेर मत दिएका क्षेत्रका मतदाताप्रति कृतज्ञता प्रकट गर्दै मतदाताले देखाएको माया र विश्वास सधैं प्रेरणाको स्रोत रहने बताएका छन् ।

उनले निर्वाचनको परिणाम जस्तोसुकै भए पनि क्षेत्रको समग्र विकास, सुशासन र समृद्ध नेपाल निर्माणका लागि आगामी दिनमा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

आफ्नो पार्टीका नेता–कार्यकर्ता, समर्थक, स्वयंसेवक तथा शुभेच्छुकले अभियानमा दिएको सहयोग र मेहनतप्रति उनले धन्यवाद दिएका छन् । घिसिङले सबैको साथ, माया र विश्वासले आफूलाई देश र जनताको सेवामा अझ जिम्मेवार भएर काम गर्न प्रेरणा दिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : २९ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा