पाँचथरमा श्रम संस्कृति पार्टीका हस्तराज शर्माको अग्रता, पछ्याउँदै नेकपा « Khabarhub

पाँचथरमा श्रम संस्कृति पार्टीका हस्तराज शर्माको अग्रता, पछ्याउँदै नेकपा


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँचथरमा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार हस्तराज शर्माले सुरुवाती अग्रता लिएका छन् । हालसम्मको मतपरिणामअनुसार शर्माले माटो चुनाव चिह्नमा २ हजार ४३१ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा नेकपाका उम्मेदवार हर्कबहादुर नेम्बाङ (मिक्सो) रहेका छन्। उनले तारा चुनाव चिह्नबाट १ हजार १९३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्र कुमार केरुङले रुख चुनाव चिह्नबाट ९०७ मत ल्याएका छन् भने नेकपा एमालेका अइन्द्र सुन्दर नेम्बाङले सूर्य चुनाव चिह्नबाट ९०२ मत प्राप्त गरेका छन् ।

अन्य उम्मेदवारमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र विक्रम थाम्सुहाङ ९घण्टी० ले २०३ मत, टेकबहादुर लिम्बू ९बाँसुरी० ले २५४ मत र तेजकुमार कुरुम्बाङ ९हल० ले ८३ मत प्राप्त गरेका छन्।

यसैगरी अन्य स्वतन्त्र उम्मेदवारहरूले दापसहितको खुकुरीमा १५, ढल्केको छातामा ७, जाँतोमा २३, आँखामा २७ र घर चुनाव चिह्नमा २८ मत प्राप्त गरेका छन् । हालसम्म पाँचथरमा ६ हजार ४२२ मत गणना भइसकेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : ५१ बजे

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको