मनाङको थप पर्यटन र पूर्वाधार विकासमा मेरो प्राथमिकता रहन्छ : नवनिर्वाचित सांसद गुरुङ « Khabarhub

मनाङको थप पर्यटन र पूर्वाधार विकासमा मेरो प्राथमिकता रहन्छ : नवनिर्वाचित सांसद गुरुङ


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मनाङ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङ मनाङको समग्र उन्नयनमा आफूले पहिलो प्राथमिकता दिने बताएका छन् । प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि उनले आफूलाई अमूल्य मतदान गरि विजयी गराउने सबै मतदातालाई विशेष धन्यवाद समेत दिए ।

बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार गुरुङ दुई हजार ४१५ मत प्राप्त गरी विजयी भएका छन् । उनको प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ (नवीन)ले नौ मत पाएका छन् ।

यहाँ कूल सात हजार मतदातामध्ये दुई हजार ९२३ मत खसेको र ४५ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिनुभयो । जिल्ला कूल मतदाता सात हजार रहेका छन् । अस्थायीसहित २९ मतदान केन्द्रमार्फत मतदाताले मतदान गरेका थिए ।

जिल्लाको विकासमा सक्रिय रहँदै उनी पर्यटन र पूर्वाधार विकाससँगै राजनितिक प्रतिनिधित्व गर्छन्। विसं २०११ मङ्सिर ११ गते मनाङ ङिस्याङ गाउँपालिका–८ टङ्की मनाङमा उनको जन्म भएको थियो । ७१ वर्षीय नेता गुरुङ पार्टीका पाका नेताको रुपमा परिचित हुनुहुन्छ । मनाङको पूर्वाधार, पर्यटन, उर्जा क्षेत्रमा विकासमा उनको विशेष योगदान रहेको छ ।

विसं २०७० मा दोस्रो संविधानसभा निर्वाचनमा पनि गुरुङ निर्वाचित भएका थिए । उनी विसं २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का पोल्देन छोपाङ गुरुङसँग २८९ मतले पराजित भएका थिए । त्यसपछि उनी पुनः विसं २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा विसं २०७० फागुन १३ गतेदेखि विसं २०७२ पुस ९ गतेसम्म श्रम तथा रोजगार राज्यमन्त्रीसमेत बनेका थिए । विसं २०३६ सालमा वीपी कोइरालाबाट कांग्रेसको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका कांग्रेस मनाङका नेता एवं पूर्व जिल्ला सभापति टेकबहादुर गुरुङ भएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ११ : ०७ बजे

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय ३३ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७

गोसाइँकुण्डमा करिब ५ हजार तीर्थयात्रीले गरे स्नान

दोलखा- रसुवाको ४ हजार ३ सय ८० मिटर उचाइमा अवस्थित प्रसिद्ध