काठमाडौं ८ : विराजको सानदार मत आउँदा २१ जनाको जमाना जफत « Khabarhub

काठमाडौं ८ : विराजको सानदार मत आउँदा २१ जनाको जमाना जफत


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट विराजभक्त श्रेष्ठ दोस्रोपटक विजयी भएका छन् । २०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीबाट बागमती प्रदेश सांसद भएका श्रेष्ठ २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर काठमाडौँ ८ बाट विजयी भएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीको वैचारिक नेताका रूपमा चिनिने श्रेष्ठलाई यसपटक काठमाडौँ ८ का बासिन्दाले अनपेक्षित मत दिएका छन् । श्रेष्ठले २४ हजार ५ सय ९२ मत ल्याउँदा सायामीले जम्मा ३ हजार २ सय १७ मत प्राप्त गरे । २०७९ को निर्वाचनमा पनि सायमी र श्रेष्ठबीच प्रतिस्पर्धा चलेको थियो।

गुठी आन्दोलनबाट उदाएका सायमी सुरुमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन निकट व्यक्ति भनेपनि पछि उनीसँगको टक्करले राजेन्द्र महत्तोको पार्टी हुँदै २०८२ को निर्वाचनमा नेकपाबाट उम्मेदवार बने। २०७९ को निर्वाचनमा भने उनले यो क्षेत्रबाट स्वतन्त्र रूपमा लडेका थिए।

०७९ मा विराजले १० हजार ११२ मत ल्याउदा सुमनले छ ६०१९ मत प्राप्त गरेका थिए। यसपटक भने नेकपामा प्रवेश गरेका सुमनलाई नफापेको देखिन्छ । उनी राजेन्द्र महत्वको पार्टीबाट निर्वाचन हुनु करिब दुई महिना अगाडि मात्रै नेकपामा प्रवेश गरेका थिए ।

श्रेष्ठले खबरहबसँगको कुराकानीमा पनि आफूले पाएको मत जनताको ठूलो भरोसा र जिम्मेवारीको मत रहेकाले यसलाई रक्षा गर्नुपर्ने चुनौती रहेको बताए । उनले अनपेक्षित ढङ्गले मत आएको बताउँदै यसले आफूलाई थप जिम्मेवार र अभिभावकीय भूमिकामा धकेलेको उल्लेख गरे । ‘मैले पाएको मतले मलाई अझै जिम्मेवार सशक्त र परिपक्क बनाएको छ। यो जनताको माया सम्मान र साथका लागि ऋणी छु! श्रेष्ठले खबरहबलाई भने, ‘इमान्दारिता र प्रतिनिधिसभामा मैले खेलेको भूमिकाको मायाले गर्दा जनताले मलाई सानदार मत दिएर जिताउनुभयो।’

सुमनसँग २१ जनाको जमानत जफत
काठमाडौँ आठमा विराजभक्त बाहेक कसैले पनि थ्रेसहोल्ड कटाउन सकेनन्। दोस्रो स्थानमा रहेका सायमीले पनि थ्रेसहोल्ड कटाउन नसक्दा जमानत जफत भएको छ। सुमनले २०७९ मा ल्याएको मत पनि सुरक्षित गर्न नसक्दा अनपेक्षित रिजल्ट आएको देखिन्छ।

सुमनसँगै जमानत जफत हुने २१ जना उम्मेदवारहरूमा नेपाली काङ्ग्रेसका सपनाराज भण्डारीले २८३५ मत ल्याइन । यहाँ एमालेका उम्मेदवारले १००० मत कटाएका छन् भने राष्ट्रिय प्रजातन्त्रका उम्मेदवारले पनि १००० कटाए । यहाँ एमालेले राजेश शाक्य र राप्रपाले नवीन शाक्यलाई उम्मेदवार बनाएको थियो। उनीहरू सबैको जमाना जफत भएको छ।

काठमाडौं–८ को निर्वाचनमा भाग लिएका उम्मेदवारहरु

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ११ : ५७ बजे

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा