पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै « Khabarhub

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती विस्तार गरिएको छ ।

फलेवास नगरपालिका–६ देविस्थान चौबीसकुरियामा प्रजनन गहुँको मुल बिउको खेती गरी अनुसन्धान थालिएको हो । बिउ उत्पादनका लागि करिब पाँच हेक्टर क्षेत्रफलमा गहुँ बाली लगाइएको कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

राष्ट्रिय गहुँ अनुसन्धान परिषद् र कृषि विकास कार्यालयको सहयोगमा स्थानीय जातसँगै थप आठ प्रजातिका गहुँ अनुसन्धान गरिएको छ । ‘आत्मनिर्भरताका लागि बिउ उत्पादन’ कार्यक्रमअन्तर्गत बिउ उत्पादनमा लागिएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकृत सोविता सुवेदीले गौतम, भेरीगङ्गा हिमगङ्गा, जिंकलगायतका जातमा अनुसन्धान भइरहेको जानकारी दिए ।

स्थानीय शक्ति कृषि तथा पशुपक्षी फार्ममार्फत २० जना किसानले एकै क्षेत्रमा प्रजनन गहुँको बिउ खेती गरिरहेका छन् । अन्य प्रजातिभन्दा यी जातका गहुँको बिउ राम्रो उत्पादन भएको जनाइएको छ ।

अन्य खेतीभन्दा सजिलो र सिँचाइको पहुँच पुगेकाले यस क्षेत्रका किसान हिउँदेबालीअन्तर्गत गहुँ खेतीमा लागेका छन् । गतवर्ष पनि पहाडी क्षेत्रको जात पहिचानका लागि राष्ट्रिय गहुँबाली अनुसन्धान परिषद् भैरहवाले विभिन्न आठ जातमा गरेको अनुसन्धान सफल भएको थियो । यसवर्ष पनि हावापानी अनुकूल भएको भन्दै प्रजनन् बिउ खेती गरिएको स्थानीय किसान रमेश चापागाईँले बताए ।

उनले कृषि प्राविधिक आफ्नै खेतबारीमा आएर गहुँको अनुसन्धान गर्दा कृषकलाई आगामी दिनमा गहुँखेती गर्न सहज हुने बताए । कुन भूगोलमा कुन खेती गर्दा उत्पादन र आम्दानी गर्न सकिन्छ भन्ने चेतना वृद्धि भएको उनको भनाइ छ ।

वर्षेनी तापक्रममा भएको वृद्धि, जलवायु परिवर्तनले हिउँदे वर्षा नहुने, सिँचाइ अभावजस्ता कारण कृषकको गहुँखेतीतर्फको आकर्षण घट्दै गएका बेला केन्द्रले निश्चित प्रजाति पहिचान गरेर सिफारिस गरेपछि गहुँखेतीतर्फ आकर्षण बढ्ने उनले बताए । गत वर्ष गहुँका विभिन्न आठ प्रजनन् बिउको अनुसन्धान गरिएकोमा हालसम्म चार जात सिफारिसका लागि छनोट गरिएको छ ।

अनुसन्धान पछि एनएल ११७९, एनएल १४८८, एनएल १४८६, एनएल १४५० नामक गहुँको जात खेतीका लागि सिफारिसको तयारी गरिएको जनाइएको छ । यी प्रजाति समुद्री सतहदेखि ८०० मिटरको उचाइमा राम्रोसँग उत्पादन हुने जनाइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ५ : ५६ बजे

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर