१५औँ महाधिवेशनबाट पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनुपर्छ : कांग्रेस नेता बडू « Khabarhub

१५औँ महाधिवेशनबाट पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनुपर्छ : कांग्रेस नेता बडू


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीको १५औँ महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुपर्ने बताएका छन् ।

बडूले आज सामाजिक सञ्जाल फेसबुकमार्फत एक विज्ञप्ति जारी गर्दै पार्टीको एकता र रुपान्तरणका लागि आगामी महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने बताएका हुन् ।

उनले वर्तमान अवस्थामा पार्टीलाई थप बलियो, जिम्मेवार र एकतावद्ध बनाउने पक्षमा पहल गर्न पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग आग्रह गरेका छन् ।

बडूले १४औँ महाधिवेशनको कार्यकाल गत मंसिरमै सकिए पनि नियमित महाधिवेशन हुन नसक्दा तत्कालीन नेतृत्वको असहमतिबीच विशेष महाधिवेशन भएको उल्लेख गरेका छन् ।

विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएपछि त्यसलाई चुनौती दिँदै सर्वोच्च अदालतमा मुद्दा परेको उनले स्मरण गरेका छन् ।

उनले सर्वोच्च अदालतले पार्टीको आधिकारिकताका विषयमा गर्ने फैसला सबैले मान्नुपर्ने बताएका छन् । उनले निर्वाचनको कारण वा विशेष महाधिवेशन हुँदा नहुँदाको अवस्थाको काल्पनिक व्याख्यामा अलमलिएर समय खेर नफाल्न आग्रह समेत गरेका छन् ।

नेता बडूले गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीभित्रकै केही कमजोरी र मतदाताको परिवर्तनको चाहना अनुरूप निर्वाचन परिणाम अनुकूल नआएको तितो सत्यलाई स्वीकार गर्दै अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १२ : ०४ बजे

यस वर्ष २३ स्थानमा बर्डफ्लु

काठमाडौं– यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको

सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले यस

राष्ट्रियसभामा उठाइयो इन्धन असहजता र बढ्दो महँगीका विषय 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इन्धनको असहजता र बढ्दो महँगीका

खुश्वुले संसद्मा उठाइन् हिन्दू अधिराज्य र राजसंस्थाको मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्वु ओलीले प्रतिनिधि सभाको

मातृभूमिमै लगानी गर्न गैरआवीय नेपालीलाई राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग