औषधी व्यवस्था विभागद्वारा ६ प्रकारका नयाँ औषधिको गुणस्तर अनुमोदन « Khabarhub

औषधी व्यवस्था विभागद्वारा ६ प्रकारका नयाँ औषधिको गुणस्तर अनुमोदन


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले विभिन्न ६ प्रकारका नयाँ औषधि तथा मिश्रणहरूको गुणस्तर (स्ट्यान्डर्ड) अनुमोदन गरेको छ । 

विभागले सूचना जारी गर्दै औषधि सल्लाहकार समितिको ५८औँ बैठकको सिफारिस र विभागीय निर्णयअनुसार ती औषधिहरूको ‘एनालाटिकल प्रोफाइल’ स्वीकृत गरिएको जनाएको हो ।

विभागका अनुसार अनुमोदित औषधिहरूमा लुरासिडोन एचसीएल ट्याब्लेट, सल्फामेथोक्साजोल र ट्राइमेथोप्रिम पाउडर, मेलोक्सिक्याम र प्यारासिटामोल बोलस, फिनेरिनोन ट्याब्लेट, मेकोबालामिन डिस्पर्सिबल ट्याब्लेट र एल्बेन्डाजोल बोलस रहेका छन् । यी औषधिहरूका लागि सम्बन्धित एनालाटिकल प्रोफाइल नम्बरसमेत तोकिएको छ ।

औषधि सल्लाहकार समितिको मिति २०८२ पुस ३० गते बसेको ५८औँ बैठकले यी औषधिहरूको स्तर निर्धारणका लागि सिफारिस गरेको थियो । सोही आधारमा विभागले मिति २०८२ चैत २२ गते औपचारिक रूपमा स्वीकृति दिएको हो ।

विभागका अनुसार उक्त प्रोफाइल स्वीकृत भएसँगै अब यी औषधिहरूको उत्पादन, आयात तथा गुणस्तर परीक्षण प्रक्रियामा एकरुपता कायम हुनेछ । यसले नेपाली बजारमा उपलब्ध औषधिको प्रभावकारिता र गुणस्तर सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास विभागको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १२ : ०७ बजे

यस वर्ष २३ स्थानमा बर्डफ्लु

काठमाडौं– यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको

सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले यस

राष्ट्रियसभामा उठाइयो इन्धन असहजता र बढ्दो महँगीका विषय 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इन्धनको असहजता र बढ्दो महँगीका

खुश्वुले संसद्मा उठाइन् हिन्दू अधिराज्य र राजसंस्थाको मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्वु ओलीले प्रतिनिधि सभाको

मातृभूमिमै लगानी गर्न गैरआवीय नेपालीलाई राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग