सर्वदलीय बैठक : सबै दल समेटेर २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाइने « Khabarhub

सर्वदलीय बैठक : सबै दल समेटेर २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाइने


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वदलीय बैठकले नयाँ प्रतिनिधिसभा नियमावली बनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको बैठकले प्रतिनिधिसभा नियमावली २०७९ संशोधन गरेर नयाँ बनाउने निर्णय गरेको हो ।

यसका लागि नियमावली मस्यौदा समिति गठन गर्ने निर्णय भएको नेकपा एमालेका सांसद गुरू बरालले जानकारी दिए ।

त्यस्तै बैठकले संसद्को काम-कारबाहीलाई डिजिटल बनाउँदै लैजाने निर्णय पनि गरेको छ।

तत्काललाई कागज र डिजिटल दुवैको प्रयोग गर्ने निर्णय भएको छ। सबै दलको प्रभावकारी प्रतिनिधित्व रहने गरि २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाइने बरालले बताए ।

उनले संविधानको प्रयोगमा देखिएको चुनौतीहरूबारे एमालेले सदनमार्फत् आवाज उठाउने बताए ।

कानुनको परिपालनाको विषयमा कुनै विवाद नगर्ने भन्दै उनले विधिको शासनमाथि प्रश्न उठे प्रतिपक्षीको हैसियतले आवाज बुलन्द गर्ने धारणा राखे ।

त्यस्तै, एमाले सांसद बरालले सरकार संविधान र कानूनभन्दा बाहिर गएर सदनबाट प्रतिवाद गर्नेसमेत उल्लेख गरे ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १ : २० बजे

वरिष्ठ पत्रकार श्रेष्ठलाई थप चार दिन थुनामै राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक तथा विश्व प्रेस

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

नयाँदिल्ली– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान

बिहारको लखीसरायमा भागदौड मच्चिँदा ७ महिला श्रद्धालुको मृत्यु

पटना– भारतको बिहारस्थित प्रसिद्ध इन्द्रदमनेश्वर महादेव मन्दिर, अशोकधामनजिक सोमबार बिहान

वीरगञ्ज चिनी कारखाना पुन : सञ्चालनमा ल्याउन सरकारले बनायो अध्ययन कार्यदल

काठमाडौं– वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११०  परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब एघार वर्षपछि