राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध « Khabarhub

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन् ।

राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको मात्रै उम्मेदवारी परेपछि सोमबार बसेको राष्ट्रियसभा बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

बैठकमा राष्ट्रियसभा सदस्य प्रेम प्रसाद दंगालले भण्डारीलाई राष्ट्रियसभा उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामा उक्त प्रस्ताव सर्वसम्मत पारित भएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भण्डारी उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । 

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्षको शपथ र पदभार मंगलबार हुने संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको अर्को बैठक चैत्र २५ गते बुधबार बोलाइएको छ । 

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  २ : ५४ बजे

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको