कालीगण्डकीको धारै परिवर्तन गरेर दोहन « Khabarhub

कालीगण्डकीको धारै परिवर्तन गरेर दोहन


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गलकोट– आफ्नै गतिमा बगेको कालीगण्डकी नदीको धारै परिवर्तन गरेर दोहन भएको छ ।  

बर्खाको समयमा मध्यरातमा दोहन गरिरहने कालीगण्डकीको बागलुङ क्षेत्रमा हिउँदमा कालीगण्डकीको धार नै परिवर्तन गरेर मापदण्ड विपरीत ढुङ्गा तथा बालुवा उत्खनन गर्ने गरेको पाइएको छ । 

बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा नदीलाई पर्वत जिल्लातर्फ फर्काएर नदीजन्य पदार्थ निकालिएको छ । 

नगरपालिकाले कालाखोला बगर, भाटेखोला र गलुवा खोलासहितका बगरहरु ठेक्कामा लगाए पनि नदीलाई नै सङ्कटमा पारेर दोहन भएको छ । 

बागलुङ–१० गलुवा र बागलुङ–१३ कालाखोला बगरमा हिउँदमा कालीगण्डकीमा थोरै पानी बग्दा नदीको धारनै फर्काएर दोहन गर्ने गरेको पाइएको छ । 

बागलुङ नगरपालिकाले हिउँदमा नदीजन्य पदार्थ निकाल्न ठेक्कामा लगाए पनि नदी दोहन मापदण्ड विपरित भएको सरोकारवालाले बताएका छन् । 

कालीगण्डकी नदीको दोहनले बागलुङ र पर्वत दुवै खण्डमा भूक्षय, बाढी पहिरो तथा नदी छेउका बस्तीमा समेत क्षति पुर्‍याउन थालेको पाइएको छ । 

कालाखोला बगरमा नदीलाई पर्वततर्फ फर्काएर २५० मिटरभन्दा बढी लम्बाइ, ५० मिटरभन्दा बढी चौडाइ र सात मिटरभन्दा गहिराइमा नदीजन्य पदार्थ ठूला उपकरणको सहायताले निकालिएको अनुगमनमा पाइएकाले कारबाही गर्न नगरपालिकालाई जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले जानकारी दिए । 

प्रमुख थापाले ३० प्रतिशत मानव साधन प्रयोग गर्नुपर्नेमा सत प्रतिशत उपकरणको प्रयोग भएकाले नदीको संरचना नै फेरबदल भएको बताए । 

‘दोहन रोक्न सबैको समन्वय चाहिन्छ, अहिले नगरपालिकाले राजस्व उठाएको छ, तर नगरपालिकाले दिएको मापदण्ड विपरीत दोहन भएको पाइएको छ’, मापदण्डअनुसारको नदीजन्य पदार्थ र अवैध नदीजन्य पदार्थको ठहर प्राविधिकको प्रतिवेदनमा उल्लेख छ । 

प्रमुख थापाले भने, ‘नगरपालिकाले अनुमति दिएकोभन्दा बढी उत्खनन गरेको पाइए कारबाही हुन्छ, नगरपालिकाको सम्झौताभन्दा बढी दोहन भएकाले कारबाही गर्न भनेका छौँ ।’

कालीगण्डकी नदी दोहन चौतर्फी दबाबका बीच नदीमै पुगेर अनुगमन गर्न थालिएको हो । कालाखोला आसापास र गलुवा क्षेत्रमा बढी दोहन भइरहेको छ । 

वातावरणीय प्रभाव मूल्याङ्कन गरेर बागलुङ नगरपालिकाले बढीमा दुई मिटरसम्म गहिराइबाट नदीजन्य पदार्थ निकाल्न अनुमति दिए पनि आठ मिटरसम्म गहिराइ बनाएको पाइएको छ ।
 

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ४ : ०२ बजे

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद

तेहरान- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एशियामा जारी क्षेत्रीय

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष