‘मध्यपूर्वको युद्धले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर’ « Khabarhub

‘मध्यपूर्वको युद्धले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर’


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर रहेको बताएका छन् ।  

सोमबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले मध्यपूर्वको युद्धका कारण कुनै नेपालीलाई समस्या परे स्वदेश फर्काउन सरकारले सहजीकरण लगायतका कामहरू गम्भीरतापूर्वक गरिरहेको बताएका हुन् । 

उनले सहजीकरणको लागि ८८ हजार भन्दा बढीको नाम संकलन भएको जानकारी दिँदै तुरुन्त नेपाल आउनुपर्ने परिस्थितिलाई हेरेर आवश्यक काम गरिरहेको बताए ।

अहिले युद्धका कारण नभई नेपालीहरूको भिसा, कामको छुट्टी लगायतका नियमित किसिमका समस्याका कारणहरू देखिएको उनको भनाइ छ । परराष्ट्रमन्त्री खनालले युद्धकै कारणले अथवा असुरक्षाको कारणले स्वदेश फर्कनुपर्ने दबाब नदेखिएको उल्लेख गरे ।

मध्यपूर्वको युद्धका कारण हाल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिकै कारण सार्वजनिक निकायमा छुट्टी दिने निर्णय भएको जानकारी दिँदै मन्त्री खनालले आगामी दिनमा देखिन सक्ने अन्य समस्याका बारेमा अध्ययन भइरहेको बताए । 

साथै उनले यस वर्ष मलखादको समस्या पनि देखिन सक्ने भएकाले पूर्व तयारीका लागि समेत सुझावका साथ प्रतिवेदन तयार पारेर मंगलबारसम्म मन्त्रिपरिषद्मा बुझाइने जानकारी दिए । 

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ४ : ३२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली