अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस « Khabarhub

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका सभापति अनिताकुमारी साहले वार्षिक प्रतिवेदन २०८२ पेस  गरेकी छन् ।

जनकपुरधाममा प्रदेशसभा भवनमा आज आयोजित कार्यक्रममा समितिका सभापति साहले सो प्रतिवेदन प्रस्तुत गरेकी हुन् । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा समितिका सदस्यहरूको पनि सहभागिता रहेको थियो ।

प्रतिवेदनमा प्रदेशको आर्थिक अवस्था, बजेट कार्यान्वयनको प्रगति, योजना व्यवस्थापन तथा आगामी नीति तथा कार्यक्रमसम्बन्धी सुझावहरू समेटिएको छ । 

समितिले आर्थिक पारदर्शिता, विकास योजनाको प्रभावकारी कार्यान्वयन तथा राजस्व व्यवस्थापनमा सुधार आवश्यक रहेको औँल्याएको छ ।

कार्यक्रममा सभामुख यादवले समितिले पेस गरेको प्रतिवेदनले प्रदेश सरकारलाई नीतिगत निर्णय लिन सहयोग पुग्ने बताए । उनले प्रतिवेदनमा उठाइएका सुझावहरूलाई कार्यान्वयनमा लैजान सम्बन्धित निकायलाई निर्देशन दिने बताए । 

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदनलाई प्रदेशको समग्र आर्थिक विकासका लागि महत्त्वपूर्ण दस्ताबेजका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ५ : ०६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको