प्रधानमन्त्री कप : त्रिभुवन आर्मी क्लब १३८ रनले विजयी « Khabarhub

प्रधानमन्त्री कप : त्रिभुवन आर्मी क्लब १३८ रनले विजयी


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत  आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको छ । 

यहाँ वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १३८ रनले पराजित गरेको हो । 

सुरुआती ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै २६८ रन जोडेको थियो । त्रिभुवन आर्मीका तर्फबाट अर्जुन साउदले १२० बल खेल्दै १२१ रन जोडेका थिए । यसैगरी, आर्मीकै बसीर अहमदले ७० बलमा ४५ रन जोडेका थिए । 

कर्णाली प्रदेशका दिनेश अधिकारीले चार विकेट र प्रकाश जैसीले तीन विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको कर्णाली प्रदेशले ४२ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १३० रनमा सीमित भएको थियो । कर्णालीका तर्फबाट विपिनविक्रम शाही ठकुरीले ४० रन र अर्जुन घर्ती मगरले ३२ रन जोडेका थिए । 

त्रिभुवन आर्मी क्लबका सहाब आलम र बसिर अहमदले सामान तीन/तीन विकेट लिएका थिए । आजको खेलमा त्रिभुवन आर्मी क्लबका अर्जुन साउद ‘प्लेयर अफ दी म्याच’ भने घोषित हुँदै नगद रु पाँच हजार पुरस्कार पाए । 

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ६ : २१ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष