स्थानीय तहमा सेवा प्रवाह प्रभावित भए कारबाही गर्ने मन्त्रालयको चेतावनी « Khabarhub

स्थानीय तहमा सेवा प्रवाह प्रभावित भए कारबाही गर्ने मन्त्रालयको चेतावनी


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले सेवा प्रवाह प्रभावित भए कारबाही गर्ने चेतावनी दिएको छ।

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरू कार्यालयमा नियमित रूपमा उपस्थित नभएको गुनासो बढ्दै गएको उल्लेख गरेको छ ।

सूचनामा स्थानीय प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएका कर्मचारीहरूलाई अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई कामकाज गर्न निर्देशन समेत दिइएको छ ।

मन्त्रालयले सबै सम्बन्धित निकायलाई जिम्मेवार भई कार्यसम्पादन गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ७ : १९ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली