लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने « Khabarhub

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य हासिल हुने गरी ल्याउनुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज भएको मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ तर्जुमाका लागि गठित कार्यदलको बैठकमा सहभागीहरूले यस्तो सुझाव दिएका हुन् ।

त्यस क्रममा आगामी मनसुनका लागि तयार गरिने कार्ययोजनामा समावेश गर्नुपर्ने विषयवस्तु, कार्ययोजनाको स्वरुप एवं गत वर्षको कार्ययोजना कार्यान्वयनका सिकाइ एवं असल अभ्यासबारे छलफल भएको थियो ।

छलफलमा सहभागीहरूले कार्ययोजना कार्यान्वयन योग्य र निर्दिष्ट गरिएका लक्ष्य हासिल गर्न सक्ने हुनुपर्नेमा जोड दिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिए ।

यसैगरी सबै सरोकार भएका निकायले विद्यमान जनशक्तिको अवस्था, पूर्वतयारी, प्रतिकार्य एवं सुरुआती राहतका लागि आवश्यक मौज्दातको स्थिति एवं सम्पादन गर्ने क्रियाकलापबारे यथाशीघ्र विवरण उपलब्ध गराउने समझदारी बनेको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेशप्रसाद भट्टको अध्यक्षतामा भएको छलफलमा विषयगत क्षेत्र (क्लस्टर)का सरकारी निकाय तथा सहयोगी निकाय, सम्बन्धित विभागहरू, राष्ट्रसङ्घीय निकाय, विपद्का क्षेत्रमा क्रियाशील साझेदार संस्था एवं विज्ञहरूको सहभागिता थियो ।

यसअघि गत हप्ता प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा कार्ययोजना तयार गर्न २१ सदस्यीय कार्यदल गठन भएको थियो । गृहमन्त्री सुधन गुरुङले मनसुन आउनुअगावै प्रतिकार्य राष्ट्रिय योजना निर्माण गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ९ : ०२ बजे

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय