फलफूल आयात सहजीकरण गर्न माग « Khabarhub

फलफूल आयात सहजीकरण गर्न माग


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल फलफूल व्यवसायी महासङ्घले गैरभन्सार मार्गबाट हुने अवैध कारोबार नियन्त्रण गरी आयात सहजीकरण गर्न माग गरेको छ ।

महासङ्घका अध्यक्ष भरतप्रसाद खतिवडाले आज एक विज्ञप्ति जारी गरी फलफूल तथा तरकारीजन्य वस्तुका साथै केरा गैरभन्सार मार्गबाट हुने अवैध कारोबार नियन्त्रण गरी आयात सहजीकरण गर्न सरकारसँग माग गरेका हुन् ।

‘अवैध कारोबारले गर्दा राज्यलाई दैनिक करोडौँको राजस्वसमेत गुम्न गएको छ, वैधानिक रुपमा व्यवसाय गर्ने व्यवसायीहरु मर्कामा पर्न गएको र उपभोक्ताले ३०० प्रतिशत सम्म महङ्गो मुल्य तिर्न बाध्य हुनुपरेको अवस्थालाई अन्त्य गर्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।

विगत केही समयदेखि केरा आयातमा लगाइएको प्रतिबन्धका कारण नेपाली उत्पादन पर्याप्त नभएको अवस्थामा गैरभन्सार मार्गबाट केरा आयात भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ९ : ४९ बजे

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली

‘गौँथली’को व्यापार २५ करोड, ‘हली’ र ‘लज्जावती’को विजोग

काठमाडौं – फिल्म ‘गौँथली’ले ब्ल्कबस्टर व्यापार गर्दा अन्य दुई फिल्म

आरुघाट अस्पताल स्तरोन्नति गर्न ६ पालिकाको सहमति

गोरखा– गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत अस्पतालको

निजी कार, जीप, भ्यानलाई आजदेखि नागढुंगा सुरुङ खुला (तस्बिरहरू)

काठमाडौं– एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा सुरुङ मार्ग सोमबारदेखि निजी सवारी