स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते « Khabarhub

स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – स्याङ्जाको विरुवा गाउँपालिकामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आइतबार साँझ करिब ५ः२० बजे विरुवा गाउँपालिका–४ मडकिनास्थित घुम्ति–विरुवा भित्री सडक खण्डमा घुम्तिबाट विरुवातर्फ जाँदै गरेको ग १ ज ७०८४ नम्बरको जिप दुर्घटना भएको हो । जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित जिपमा सवार १५ जनामध्ये ११ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार, स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा ८ वर्षीया एन्जल नेपाली, ५० वर्षीय मानसिंह गुरुङ, ५९ वर्षीया दालमाया गुरुङ, ६० वर्षीया विष्णुमाया गुरुङ, ५६ वर्षीया सीता वाग्ले, ५७ वर्षीया चन्द्र सुब्बा गुरुङ, ६५ वर्षीया रेमकुमारी बस्याल, १३ वर्षीय कृष्चल दर्जी, ३३ वर्षीया शर्मिला नेपाली, उनका साढे २ वर्षका छोरा कृष्ण नेपाली र ६० वर्षीया बिमला गुरुङ रहेका छन् । उनीहरू विभिन्न भागमा घाइते भएका छन् ।

दुर्घटनापछि प्रहरी निरीक्षकको नेतृत्वमा १६ जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १० : ०१ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले