इरानलाई घेर्न अमेरिकाको नयाँ प्रस्ताव, राष्ट्रसंघमा भिटो प्रयोग नगर्न चीन–रुसलाई आग्रह « Khabarhub

इरानलाई घेर्न अमेरिकाको नयाँ प्रस्ताव, राष्ट्रसंघमा भिटो प्रयोग नगर्न चीन–रुसलाई आग्रह


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकाले संयुक्त राष्ट्र संघमा इरानसम्बन्धी नयाँ प्रस्ताव पेश गरेको छ। मंगलबार प्रस्तुत गरिएको उक्त प्रस्तावको उद्देश्य होर्मुज जलडमरूलाई खुला गराउने रहेको छ।

उक्त जलक्षेत्र खुलाएर इरानमाथि अन्तर्राष्ट्रिय दबाब बढाउने रणनीति अमेरिकाले लिएको छ।

यो प्रस्तावलाई खाडी क्षेत्रका केही देशहरूको समर्थन रहेको जनाइएको छ। हाल यस विषयमा छलफल जारी छ, अझै मतदान भएको छैन।

यस प्रस्तावलाई लिएर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीन र रूससँग यसपटक भिटो प्रयोग नगर्न आग्रह गरेका छन्।

यसअघि अप्रिल ७ मा पनि अमेरिकाले यस्तै प्रस्ताव ल्याउने प्रयास गरेको थियो, तर चीन र रुसले भिटो प्रयोग गर्दै रोकिदिएका थिए। उनीहरूको भनाइमा यस्तो कदमले क्षेत्रीय अवस्था झन् जटिल बनाउन सक्छ।

यदि प्रस्ताव पारित भयो भने इरानमाथि नयाँ प्रतिबन्ध लागू हुनसक्नेछ। यसका साथै, इरानले नियम उल्लंघन गरेमा केही अवस्थामा बल प्रयोगको अनुमतिसमेत दिन सकिने सम्भावना रहेको छ।

होर्मुज तनाव र ‘प्रोजेक्ट फ्रीडम’

होर्मुज जलडमरूलाई लिएर पछिल्ला महिनामा तनाव बढ्दै गएको छ। इरानले मार्च ४ मा उक्त क्षेत्र नियन्त्रणमा लिएको घोषणा गर्दै शत्रु राष्ट्रका लागि मार्ग बन्द गरेको जनाएको थियो।

त्यसपछि अमेरिका र इरानबीच अप्रिल ८ मा युद्धविराममा सहमति भए पनि मार्ग खुला हुन सकेन। मे २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले ‘प्रोजेक्ट फ्रीडम’ सुरु गरेका थिए, जसको उद्देश्य होर्मुजमा अड्किएका जहाजलाई सुरक्षित बाहिर निकाल्नु थियो।

मे ४ बाट सुरु गरिएको उक्त अभियान छोटो समयमै असफल भयो। दुई दिनमा केवल तीन जहाजलाई मात्र सुरक्षित पार गर्न सकिएको थियो।

इरानले अमेरिकी युद्धपोततर्फ फायरिङ गरेको आरोप लागेको छ भने अमेरिकाले इरानी डुङ्गा ध्वस्त पारेको दाबी गरेको छ। यसले युद्धविराम थप जोखिममा परेको छ।

हाल होर्मुज क्षेत्रमा करिब १५५० व्यापारिक जहाज र २२,५०० भन्दा बढी नाविक अड्किएको बताइएको छ। आपूर्ति प्रणालीमा असर पर्न थालेको छ र नाभिकहरूको अवस्था चिन्ताजनक बन्दै गएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  १ : ३७ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका