इरानका विदेशमन्त्री बेइजिङ पुगे, मुख्य एजेन्डा : युद्धविराम र होर्मुज जलक्षेत्र « Khabarhub

इरानका विदेशमन्त्री बेइजिङ पुगे, मुख्य एजेन्डा : युद्धविराम र होर्मुज जलक्षेत्र


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- इरानका विदेशमन्त्री अब्बास अराघची चीनको राजधानी बेइजिङ पुगेका छन् ।

यसअघि पाकिस्तान, ओमान र रसियाको भ्रमण गरिसकेका उनी बुधबार बेइजिङ पुगेका हुन् ।

उनले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग वार्ता गरेका छन् । यी दुई नेताको वार्तालाई महत्वपूर्ण मानिएको इरानी विदेशमन्त्रालयले जनाएको छ।

दुई देशबीचको वार्ताको मुख्य एजेन्डा युद्धविराम कायम राख्ने र होर्मुज जलमार्ग पुनः खोल्ने रहेको छ।

यस भेटवार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मे १४–१५ मा हुने चीन भ्रमणअघि भइरहेको छ ।

जहाँ उनको भेट चिनियाँ राष्ट्रपति शी चिनफिङसँग हुने तय छ। उक्त भेटमा व्यापार सम्झौतासँगै पश्चिम एशियाको अवस्था पनि प्रमुख विषय बन्ने अपेक्षा गरिएको छ।

चीनले एकातिर अमेरिकी नाकाबन्दीको आलोचना गर्दै आएको छ । अर्कोतर्फ होर्मुज बन्द राखेको विषयमा इरानमाथि पनि दबाब बढाइरहेको छ।

दुवै देशबीचको वार्ताले आगामी कूटनीतिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  १ : ४२ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ