होर्मुजमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण, चालक दलका केही सदस्य घाइते « Khabarhub

होर्मुजमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण, चालक दलका केही सदस्य घाइते


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

तेहरान- मध्यपूर्वमा बढ्दो तनावबीच होर्मुज जलडमरूमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण भएको खबर सार्वजनिक भएको छ।

अमेरिकी सञ्चार संस्था सीएनएनका अनुसार फ्रान्सको शिपिङ कम्पनी सीएमए सीजीएमले आफ्नो एक जहाजमाथि आक्रमण भएको पुष्टि गरेको हो।

कम्पनीका अनुसार ‘सान एन्तोनियो’ नामक जहाज मंगलबार होर्मुज हुँदै गुज्रिरहेको बेला मिसाइल वा ड्रोनबाट आक्रमण गरिएको थियो। आक्रमणका कारण जहाजमा क्षति पुगेको छ भने चालक दलका केही सदस्य घाइते भएका छन्।

घाइतेहरूलाई सुरक्षित रूपमा उद्धार गरी उपचार सुरु गरिएको कम्पनीले जनाएको छ।

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि चुलिएको क्षेत्रीय तनावका कारण समुद्री मार्गमा जोखिम बढ्दै गएको देखिएको छ।

बेलायतको समुद्री सुरक्षा एजेन्सी युकेएमटीओका अनुसार इरानसँगको द्वन्द्व सुरू भएयता जहाजमाथि आक्रमणका घटना निरन्तर बढिरहेका छन्।

एजेन्सीका अनुसार फेब्रुअरी २८ यता कुल ४६ वटा घटना दर्ता भएका छन्, जसमा २६ वटा प्रत्यक्ष आक्रमण, १८ वटा शंकास्पद गतिविधि र २ वटा जहाज अपहरणका घटना समावेश छन्। यी घटना फारस खाडी, ओमान खाडी र होर्मुज जलडमरू आसपास क्षेत्रमा भएका हुन्।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  २ : ११ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६