मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान « Khabarhub

मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्यपूर्वमा बढ्दो तनावबीच चीनले तत्काल र पूर्ण रूपमा लडाइँ अन्त्य गर्न आह्वान गर्दै सबै पक्षलाई शान्ति वार्तामा फर्कन आग्रह गरेको छ ।

चीनले विशेषगरी संयुक्त राज्य अमेरिका र इरानबीचको विवाद समाधान गर्दै रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा ल्याउँनुपर्नेमा जोड दिएको छ ।

बेइजिङमा इरानी विदेशमन्त्री अब्बास अराघचीसँग भएको वार्तापछि चिनियाँ विदेशमन्त्री वाङ यीले जारी गरेको वक्तव्यमा मध्यपूर्वमा जारी शत्रुता अब ढिलाइ नगरी अन्त्य गर्नुपर्ने स्पष्ट सन्देश दिइएको छ ।

वाङ यीका अनुसार चीनले लडाइँको ‘पूर्ण समाप्ति’ तत्काल हुनुपर्ने ठान्छ र शत्रुता पुनः सुरु हुनु अस्वीकार्य छ । उहाँले वार्ता निरन्तर जारी राख्नुपर्ने आवश्यकता औँल्याउँदै सबै पक्षलाई कूटनीतिक समाधानतर्फ फर्कन आग्रह गरे।

उनले विशेष रूपमा स्ट्रेट अफ हर्मुज मार्फत समुद्री यातायात सुरक्षित रूपमा पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिँदै अन्तर्राष्ट्रिय समुदायको तत्काल आह्वानप्रति सम्बन्धित पक्षहरूले छिटो प्रतिक्रिया दिनुपर्ने बताए।

आणविक मुद्दाबारे टिप्पणी गर्दै चिनियाँ विदेशमन्त्रीले इरानलाई शान्तिपूर्ण आणविक ऊर्जा प्रयोग गर्ने अधिकार रहेको स्वीकार गर्नुपर्ने बताए। साथै, इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएकोमा चीनले स्वागत गरेको उनको भनाइ छ ।

चीनले मध्यपूर्वमा देखिएको तनावप्रति प्रत्यक्ष आर्थिक र रणनीतिक चासो राख्छ । समुद्री विश्लेषण संस्था केप्लरका अनुसार चीनले समुद्री मार्गबाट आयात गर्ने कच्चा तेलमध्ये आधाभन्दा बढी मध्यपूर्वबाट आउँछ, जुन अधिकांश रूपमा हर्मुज जलमार्ग हुँदै पार गरिन्छ । त्यसैले उक्त मार्ग अवरुद्ध हुँदा चीनको ऊर्जा आपूर्ति प्रणालीमा प्रत्यक्ष असर पर्ने जोखिम रहन्छ ।

बेइजिङले पछिल्ला कूटनीतिक प्रयासमार्फत संकट समाधानमा मौन तर सक्रिय भूमिका खेल्दै आएको बताइएको छ । वाङ यीका अनुसार चीनले वासिङ्टन र तेहरानबीच बनेको नाजुक युद्धविरामलाई समर्थन गर्दै आएको र त्यसमा आफ्ना कूटनीतिक पहलहरूले पनि योगदान दिएको छ ।

उनले चीन आगामी दिनमा पनि तनाव घटाउन, लडाइँ अन्त्य गर्न र शान्ति वार्ता अघि बढाउन सक्रिय भूमिका खेल्ने बताउँदै मध्यपूर्वमा स्थायित्व पुनःस्थापना गर्न सबै पक्षसँग सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
 

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  २ : ५९ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका