मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान « Khabarhub

मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्यपूर्वमा बढ्दो तनावबीच चीनले तत्काल र पूर्ण रूपमा लडाइँ अन्त्य गर्न आह्वान गर्दै सबै पक्षलाई शान्ति वार्तामा फर्कन आग्रह गरेको छ ।

चीनले विशेषगरी संयुक्त राज्य अमेरिका र इरानबीचको विवाद समाधान गर्दै रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा ल्याउँनुपर्नेमा जोड दिएको छ ।

बेइजिङमा इरानी विदेशमन्त्री अब्बास अराघचीसँग भएको वार्तापछि चिनियाँ विदेशमन्त्री वाङ यीले जारी गरेको वक्तव्यमा मध्यपूर्वमा जारी शत्रुता अब ढिलाइ नगरी अन्त्य गर्नुपर्ने स्पष्ट सन्देश दिइएको छ ।

वाङ यीका अनुसार चीनले लडाइँको ‘पूर्ण समाप्ति’ तत्काल हुनुपर्ने ठान्छ र शत्रुता पुनः सुरु हुनु अस्वीकार्य छ । उहाँले वार्ता निरन्तर जारी राख्नुपर्ने आवश्यकता औँल्याउँदै सबै पक्षलाई कूटनीतिक समाधानतर्फ फर्कन आग्रह गरे।

उनले विशेष रूपमा स्ट्रेट अफ हर्मुज मार्फत समुद्री यातायात सुरक्षित रूपमा पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिँदै अन्तर्राष्ट्रिय समुदायको तत्काल आह्वानप्रति सम्बन्धित पक्षहरूले छिटो प्रतिक्रिया दिनुपर्ने बताए।

आणविक मुद्दाबारे टिप्पणी गर्दै चिनियाँ विदेशमन्त्रीले इरानलाई शान्तिपूर्ण आणविक ऊर्जा प्रयोग गर्ने अधिकार रहेको स्वीकार गर्नुपर्ने बताए। साथै, इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएकोमा चीनले स्वागत गरेको उनको भनाइ छ ।

चीनले मध्यपूर्वमा देखिएको तनावप्रति प्रत्यक्ष आर्थिक र रणनीतिक चासो राख्छ । समुद्री विश्लेषण संस्था केप्लरका अनुसार चीनले समुद्री मार्गबाट आयात गर्ने कच्चा तेलमध्ये आधाभन्दा बढी मध्यपूर्वबाट आउँछ, जुन अधिकांश रूपमा हर्मुज जलमार्ग हुँदै पार गरिन्छ । त्यसैले उक्त मार्ग अवरुद्ध हुँदा चीनको ऊर्जा आपूर्ति प्रणालीमा प्रत्यक्ष असर पर्ने जोखिम रहन्छ ।

बेइजिङले पछिल्ला कूटनीतिक प्रयासमार्फत संकट समाधानमा मौन तर सक्रिय भूमिका खेल्दै आएको बताइएको छ । वाङ यीका अनुसार चीनले वासिङ्टन र तेहरानबीच बनेको नाजुक युद्धविरामलाई समर्थन गर्दै आएको र त्यसमा आफ्ना कूटनीतिक पहलहरूले पनि योगदान दिएको छ ।

उनले चीन आगामी दिनमा पनि तनाव घटाउन, लडाइँ अन्त्य गर्न र शान्ति वार्ता अघि बढाउन सक्रिय भूमिका खेल्ने बताउँदै मध्यपूर्वमा स्थायित्व पुनःस्थापना गर्न सबै पक्षसँग सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
 

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  २ : ५९ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र