चीन पुगेर इरानी विदेशमन्त्रीको अडान : दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ « Khabarhub

चीन पुगेर इरानी विदेशमन्त्रीको अडान : दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- इरानले न्यायोचित हुने अवस्थामा मात्रै अमेरिकासँग कुनै पनि सम्झौता गर्ने अडान लिएको छ।

उसले इरानका लागि न्यायोचित नभएसम्म अमेरिकासँग कुनै किसिमको सम्झौता नगर्ने अडान सार्वजनिक गरेको हो ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले चीनको राजधानी बेइजिङमा सबै पक्षका लागि न्यायोचित हुने अवस्थामा सम्झौता हुन सक्ने बताएका हुन् ।

अराघचीले बेइजिङसँगको वार्तामा इरानले आफ्ना अधिकार र हितहरूको पूर्ण रक्षा गर्ने अडान लिए। उनले स्पष्ट गर्दै भने, ‘इरान कुनै पनि दबाबमा सम्झौता स्वीकार गर्ने छैन। केवल दुवै पक्षका लागि उपयुक्त हुने समझौता मात्र स्वीकार गरिनेछ।’

यसैबीच चीनले इरान–अमेरिका तनावप्रति चिन्ता व्यक्त गर्दै तत्काल युद्ध रोक्न आवश्यक रहेको जनाएको छ। चीनको विदेश मन्त्रालयले दुवै देशबीचको द्वन्द्व चाँडो अन्त्य हुनु अत्यन्त आवश्यक छ।

चीनले इरान र अमेरिकालाई अन्तर्राष्ट्रिय समुदायको अपिललाई ध्यान दिन पनि आग्रह गरेको छ । जसमा होर्मुज जलडमरू हुँदै जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न भनिएको छ। यो क्षेत्र विश्वको तेल व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । यहाँको तनावले विश्व आपूर्तिमा असर पारिरहेको छ।

चीनले आफू इरानको विश्वसनीय रणनीतिक साझेदार भएको पनि दोहोर्‍याएको छ। ऊर्जा र व्यापार क्षेत्रमा दुवै देशबीच लामो समयदेखि सहकार्य रहँदै आएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ३ : २४ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने