नेप्से परिसूचकमा झिनो अंकको गिरावट « Khabarhub

नेप्से परिसूचकमा झिनो अंकको गिरावट


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६४ अंकंले घटेर दुई हजार ७११ दशमलव २२ बिन्दुमा कायम भएको हो । 

आज ३३६ कम्पनीको ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर ४७ हजार ८४१ पटक खरिद बिक्री हुँदा रु तीन अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव १६, वित्त शून्य दशमलव १९, होटल तथा पर्यटन शून्य दशमलव २२, लगानी शून्य दशमलव ४०, लघुवित्त शून्य दशमलव ४८, म्युचुअल फन्ड शून्य दशमलव ८०, निर्जीवन बिमा शून्य दशमलव १९ र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले बढेको छ । 

अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक शून्य दशमलव ५१, जलविद्युत् शून्य दशमलव ४३, जीवन बिमा शून्य दशमलव ३२ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५६ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै १३ दशमलव ७४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ९० प्रतिशतले घटेको छ । 

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ३ : ४२ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर