नेप्से परिसूचकमा झिनो अंकको गिरावट « Khabarhub

नेप्से परिसूचकमा झिनो अंकको गिरावट


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६४ अंकंले घटेर दुई हजार ७११ दशमलव २२ बिन्दुमा कायम भएको हो । 

आज ३३६ कम्पनीको ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर ४७ हजार ८४१ पटक खरिद बिक्री हुँदा रु तीन अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव १६, वित्त शून्य दशमलव १९, होटल तथा पर्यटन शून्य दशमलव २२, लगानी शून्य दशमलव ४०, लघुवित्त शून्य दशमलव ४८, म्युचुअल फन्ड शून्य दशमलव ८०, निर्जीवन बिमा शून्य दशमलव १९ र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले बढेको छ । 

अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक शून्य दशमलव ५१, जलविद्युत् शून्य दशमलव ४३, जीवन बिमा शून्य दशमलव ३२ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५६ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै १३ दशमलव ७४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ९० प्रतिशतले घटेको छ । 

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ३ : ४२ बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द