सरकारले अध्यादेश जारी गरेर रमिता देखायो : घनश्याम भुसाल « Khabarhub

सरकारले अध्यादेश जारी गरेर रमिता देखायो : घनश्याम भुसाल


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा संयुक्तले असफलताको बाटोमा नजानका लागि आफ्ना कमजोरीहरू सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

बुधबार काठमाडौंको माइतीघरमा पत्रकार सम्मेलन गर्दै नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पूर्ववर्ती सरकारजस्तै वर्तमान सरकार असफल नहोस् भन्ने नेपाली जनताको अपेक्षा गरेको भन्दै आफ्ना कमजोरीहरू सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

सरकार बनेको डेढ महिना पनि नबित्दै भएका गतिविधिले नेपाली नागरिकलाई झस्काएको उनले बताए । उनले सुकुम्वासीलाई व्यवस्थापन गर्ने नाममा समाजको सबैभन्दा कमजोर वर्गप्रति जस्तो व्यवहार गरिएको भन्दै आपत्ति जनाए । कुनै पनि लोकतान्त्रिक सरकारले आफ्नै नागरिकहरूमाथि यस्तो अमानवीय व्यवहार गर्न नसक्ने उनले बताए ।

त्यस्तै भुसालले वास्तविक सुकुम्वासीको घरबासको तत्कालै उचित व्यवस्थापन गर्न समेत माग गरे । उनले ट्रेड युनियन र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिन पनि सरकारको ध्यानाकर्षण गराए । कार्यवाहक अध्यक्ष भुसालले दुई तिहाइ नजिकको सरकारले अध्यादेश जारी गरेर रमिता देखाएको टिप्पणी गरे ।

अध्यादेश ल्याएर सरकारको बहुमतको गरिमा घटाउने काम नगर्न समेत उनले सरकारलाई सुझाव दिए । त्यस्तै उनले नेपालको कालापानी–लिपुलेक क्षेत्रका विषयमा फराकिलो राष्ट्रिय सहमति र बलियो एकतामा आधारित पहलकदमी लिन समेत सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ३ : ५७ बजे

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध

गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड

भैरहवा – नेपाल र भारतबीचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई

सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार सिंगापुरको विकास

दिक्तेल–चखेवाभञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा

खोटाङ – मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा ग्याबिन बाल (तारजालीसहितको

टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं – जिल्ला अदालत ललितपुरले टिकटकर तुलसा भन्ने तुल्सी अधिकारीलाई