‘सिआरसी प्रतिवेदन अघि बढाउन मन्त्रालय प्रतिबद्ध छ’ « Khabarhub

‘सिआरसी प्रतिवेदन अघि बढाउन मन्त्रालय प्रतिबद्ध छ’


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि सिआरसी (कन्भेन्सन अन द  राइट्स अफ द चाइल्ड) प्रतिवेदन तयार गर्ने प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएकी छन् । 

मन्त्रालयले बुधबार आयोजना गरेको बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (सिआरसी) को प्रतिवेदन प्रक्रियाबारे अभिमुखीकरण कार्यक्रममा मन्त्री वादीले बाल अधिकारको संरक्षण, प्रवर्द्धन र सिआरसी प्रतिवेदन प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । 

उनले लैङ्गिक हिंसा मुक्त समाज निर्माणका लागि आ–आफ्नोतर्फबाट योगदान गर्न सबै व्यक्ति, परिवार, समुदाय, सरकारी निकाय, निजी क्षेत्र, सञ्चारमाध्यम तथा सरोकारवाला सङ्घ/संस्था र निकायमा अनुरोध पनि गरिन् । 

कार्यक्रममा सिआरसीको अवधारणा, नेपालका प्रतिबद्धता, प्रतिवेदन प्रक्रिया, बाल अधिकारका प्रमुख क्षेत्रहरू तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो । मन्त्रालयले बालबालिकासम्बन्धी ऐन, २०७५ संशोधन गर्न सर्वसाधारणको राय पनि मागेको छ । 

त्यसैगरी मन्त्रालयले महिला तथा किशोरीहरूलाई लैङ्गिक हिंसा भएमा वा घटनाको जानकारी पाएमा ११४५ निःशुल्क हेल्पलाइन सेवा वा अस्पतालमा अवस्थित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र वा नेपाल प्रहरीको टेलिफोन नं १०० वा बाल हेल्पलाइन सेवा १०९८ वा मन्त्रालयको इमेल, मोबाइलमा सम्पर्क गरी तत्कालै जानकारी गराउन पनि अनुरोध गरेको छ । 

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ५ : ३१ बजे

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा

एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक

काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको