दक्षिणी लेबनानमा इजरायली आक्रमण, तीन जनाको मृत्यु « Khabarhub

दक्षिणी लेबनानमा इजरायली आक्रमण, तीन जनाको मृत्यु


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको लेबनानका मिडियाहरूले जनाएका छन् । 

बिन्ट जेबिल जिल्लाको देइर किफा सहरमा भएको इजरायली हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको तथा अर्को एक जना घाइते भएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

यसै गरी इजरायली ड्रोनले देइर किफाको इस्लामिक स्वास्थ्य संस्थामा गरेको आक्रमणमा  घाइते भएका तीन जना चिकित्सकहरूलाई उपचारका लागि अस्पतालमा लगिएको जनाइएको छ । नबातीह जिल्लाको आदचित सहरमा भएको अर्को छुट्टै आक्रमणमा एक जनाको मृत्यु भएको जनाइएको छ ।

 यसैबीच, हेजबुल्लाहले वादी अल–जमाल क्षेत्रमा सैन्य आक्रमण सहित इजरायली सेनाहरू विरुद्ध जबाफी आक्रमणको घोषणा गरेको छ । 

इजरायल र लेबनानबिच अप्रिल – १६ देखि लागू भएको को युद्धविरामको बावजुद यो झडप भएको हो ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ४ : ५४ बजे

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा

एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक

काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको