दक्षिणी लेबनानमा इजरायली आक्रमण, तीन जनाको मृत्यु « Khabarhub

दक्षिणी लेबनानमा इजरायली आक्रमण, तीन जनाको मृत्यु


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको लेबनानका मिडियाहरूले जनाएका छन् । 

बिन्ट जेबिल जिल्लाको देइर किफा सहरमा भएको इजरायली हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको तथा अर्को एक जना घाइते भएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

यसै गरी इजरायली ड्रोनले देइर किफाको इस्लामिक स्वास्थ्य संस्थामा गरेको आक्रमणमा  घाइते भएका तीन जना चिकित्सकहरूलाई उपचारका लागि अस्पतालमा लगिएको जनाइएको छ । नबातीह जिल्लाको आदचित सहरमा भएको अर्को छुट्टै आक्रमणमा एक जनाको मृत्यु भएको जनाइएको छ ।

 यसैबीच, हेजबुल्लाहले वादी अल–जमाल क्षेत्रमा सैन्य आक्रमण सहित इजरायली सेनाहरू विरुद्ध जबाफी आक्रमणको घोषणा गरेको छ । 

इजरायल र लेबनानबिच अप्रिल – १६ देखि लागू भएको को युद्धविरामको बावजुद यो झडप भएको हो ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ४ : ५४ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६