दुईतिहाइको नेकपा र ओली सम्झिँदै गगनले बालेनलाई भने : बहुमत छ भन्दैमा जे पनि गर्न पाइँदैन « Khabarhub

दुईतिहाइको नेकपा र ओली सम्झिँदै गगनले बालेनलाई भने : बहुमत छ भन्दैमा जे पनि गर्न पाइँदैन


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनादेशलाई सम्मान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको सरकारलाई उसकाा सकारात्मक काममा अवरोध नगर्ने बताएका छन् ।

बुधबार बसेको संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा उनले गलत काममा दृढतापूर्वक खबरदारी गर्ने बताएका छन् ।

नेपाली कांग्रेस संसदीय दलको बैठकमा बोल्दै थापाले भने, ‘२१ फागुनको निर्वाचनमा रास्वपाले जबरजस्त जनमत प्राप्त गरेको छ। उहाँहरूकै नेतृत्वमा सरकार बनेको छ। त्यो जनादेशलाई सम्मान गर्ने हाम्रो जिम्मेवारी हो। संविधानले तोकेको सीमाभित्र बसेर सरकारले गर्ने सकारात्मक काममा कांग्रेसले कुनै अवरोध गर्दैन।’

विधिको शासन र बहुमतको भ्रमप्रति चेतावनी

थापाले सरकारलाई बहुमतको भ्रममा नरहन चेतावनी दिएका छन्। ‘प्रजातन्त्रको आधारभूत कुरा विधिको शासन हो। कानुनभन्दा माथि कोही हुँदैन। तर सरकार ठूलो भ्रममा देखिन्छ,’ उनले भने।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि यही कुरा सम्झाएको स्मरण गर्दै उनले अहिलेको सरकारलाई पनि बहुमतले जे पनि गर्न पाइँदैन भन्ने स्पष्ट पारे।

थापाले २०७४ को दुईतिहाइको सरकारको अनुभव स्मरण गर्दै कुनै पनि सरकारले ‘जे पनि गर्न सकिन्छ’ भन्ने सोच राख्न नहुने चेतावनी दिए।

अध्यादेश र संवैधानिक परिषद्

अध्यादेशको व्यवस्थाप्रति सैद्धान्तिक विरोध नभए पनि नियत र सामग्री हेरेर संसद्मा छलफल गर्ने थापाले बताए। तर संवैधानिक परिषद् सम्बन्धी व्यवस्थामा कांग्रेसको सबैभन्दा ठूलो आपत्ति छ।

‘संवैधानिक परिषद् सरकारको वाचडग हो। प्रधानमन्त्रीको मनोमानी रोक्न बनाइएको हो,’ उनले भने, ‘तर हरेक प्रधानमन्त्रीले अध्यादेशबाट आफ्नो मान्छे घुसाउने प्रयास गरेका छन्। अहिले प्रधानन्यायाधीश नियुक्तिका लागि जालझेल भइरहेको छ। ३ जनाको बहुमतले जे पनि पारित गर्ने प्रपञ्च रचिएको छ।’

भूमि समस्या र डोजर आतंक

अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमिहीन दलितको समस्या समाधान गर्न कानुनअनुसार काम गर्नुपर्नेमा कांग्रेस सहयोगी रहने थापाले बताए। तर हालैको डोजर अभियानको भने उनले तीव्र आलोचना गरे।

‘भदौ २३ र २४ को घटना अत्यन्त दुखद् छ। बुद्ध पूर्णिमाको दिन गुम्बा भत्काउने, विद्यालय भत्काउने, सुत्केरी र अपाङ्गलाई अपराधी जस्तो व्यवहार गर्ने काम प्रजातान्त्रिक राज्यले गर्न मिल्दैन,’ उनले भने, ‘डोजर आतंक निर्मम छ। राज्य बर्बर हुन सक्दैन। गरिबलाई नाङ्गै दौडाउने होइन, राज्यले न्याय र विवेकको अपेक्षा गर्छ।’

सकारात्मक पक्षमा सहयोग

लिम्पियाधुरा–लिपुलेक सम्बन्धमा सरकारले कूटनीतिक नोट पठाएकोमा कांग्रेसले सरकारको पूर्ण समर्थन गरेको छ। सुशासनका काममा साथ दिने पनि उसको भनाइ छ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ५ : २७ बजे

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा

एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक

काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको