कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने   « Khabarhub

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने  


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला आयोजना गर्ने भएको छ ।  

पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकमा वैशाख २६ देखि जेठ १५ गतेसम्म देशका सातवटै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला आयोजना गर्ने जानकारी गराइएको हो । 

जसअनुसार वैशाख २६ र २७ गते सुदूरपश्चिम प्रदेश, वैशाख २८ र २९ गते कर्णाली प्रदेश, वैशाख ३१ र जेठ १ गते गण्डकी प्रदेश, जेठ ४ र ५ गते, बागमती प्रदेश, जेठ ६ र ७ गते मधेश प्रदेश, जेठ ८ र ९ गते कोशी प्रदेश र जेठ १४ र १५ गते लुम्बिनी प्रदेशमा भेलाको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको पहिलो बैठकमा पार्टी सभापति गगन थापाले प्रतिष्ठानको वैधानिकता, काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराएका थिए । 

उनले सरकार लगायत सरोकारवाला निकायलाई पार्टीका तर्फबाट दिनुपर्ने सुझावका विषयमा समेत प्रतिष्ठानले आवश्यक प्रशिक्षण गर्नुपर्ने धारणा राखे । 

बैठकमा सभापति थापाले प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्मालाई शपथ गराएका थिए भने प्रतिष्ठानका प्रमुख शर्माले नवनियुक्त सदस्यहरूलाई शपथ गराएका थिए । बैठकले प्रतिष्ठानको उपप्रमुखमा मधु आचार्यलाई चयन गरेको छ । 

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ६ : १० बजे

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या