विजय र स्वस्तिमा उत्कृष्ट घोषित « Khabarhub

विजय र स्वस्तिमा उत्कृष्ट घोषित


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- छायाछवी क्रियसनले आयोजना गर्दै आएको डी सिने अवार्डको १७ औँ संस्करणमा नायक विजय बराल र नायिका स्वस्तिमा खड्का खड्का उत्कृष्ट घोषित भएका छन् ।

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’बाट बराल र ‘बेहुली फ्रम मेघौली’बाट खड्काले आवार्ड जितेका हुन् ।

फिल्म ‘अञ्जिला’ले दुई अवार्ड हात परेको छ । यो फिल्म उत्कृष्ट घोषित भएको छ । यही फिल्मबाट निर्देशक मिलन चाम्स उत्कृष्ट घोषित भए ।

उत्कृष्ट सहनायक–सहनायिका जितु नेपाल र ऋचा घिमिरे घोषित भए । जितुले ‘कार्साङबाट’ र ऋचाले ‘तेल भिसा’बाट उक्त अवार्ड हात परेकी हुन् ।

फिल्म ‘ह्रस्व दीर्घ’बाट चन्द्र पन्तले उत्कृष्ट डेब्यू नायकको अवार्ड हात पारे ।

यस संस्करणमा चलचित्रकर्मी रजत सम्मान पनि प्रदान गरियो । निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंह सम्मानित भए ।

चलचित्र विकास बोर्डको हलमा बिहीबार अवार्ड वितरण कार्यक्रम राखिएको थियो ।

अवार्ड विजेताको सूची

उत्कृष्ट चलचित्र :
अञ्जीला – मुन लभ इन्टरटेनमेन्ट प्रा. लि

उत्कृष्ट निर्देशक :
मिलनचाम्स – अञ्जीला

उत्कृष्ट अभिनेता :
विजय बराल – पूर्ण बहादुरको सारङ्गी

उत्कृष्ट अभिनेतृ :
स्वास्तिमा खड्का – बेहुलीफ्रम मेघौली

उत्कृष्ट सह अभिनेता :
जीतु नेपाल – कार्साङ

उत्कृष्ट सह अभिनेत्री :
ऋचा घिमिरे – तेलभिसा

उत्कृष्ट चरित्र अभिनय :
राजबल्लभकोइराला – एक्टर टेक वान

उत्कृष्ट नवनिर्देशकः
चन्द्र पन्त – ह्रस्व दीर्घ

उत्कृष्ट लेखन :
लक्ष्मण सुवेदी – सतिदेवी

उत्कृष्ट छायांकार :
पुरुषोत्तमप्रधान – पिताम्बर

उत्कृष्ट सम्पादक :
वन्दे प्रसाद – पिताम्बर

उत्कृष्ट गीतकार :
सुरेन्द्र राना – रुकुम मैकोट – खुश्मा

उत्कृष्ट संगीतकार :
अर्जुन पोखरेल – कसमबत्तिको – ज्वाइँ साब

उत्कृष्ट गायक :
सविन सुवेदी – बिहे भाको छैन – छक्का पञ्जा ५-

उत्कृष्ट गायिका :
बेनीशापौडेल – बिहे भाको छैन – छक्का पञ्जा ५

उत्कृष्ट द्वन्द्वनिर्देशक :
अष्टमहर्जन – एक्टर टेक वान

उत्कृष्ट नृत्य निर्देशक :
रामजी लामीछाने – जुनिजुनि भरिलाई – दुखीआत्मा

उत्कृष्ट जुरी अवार्ड :
कृषाचौलागाई – पिताम्बर

उत्कृष्ट डायोस्पोरा चलचित्र :
शंकर घिमिरे – तेलभिसा

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ८ : ३७ बजे

कीर्तिपुरमा कारभित्रै जलेका व्यक्ति नरदेवी निवासी ७० वर्षीय सुरेशचन्द्र

काठमाडौं- काठमाडौंको कीर्तिपुरमा कारभित्र जलेर ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको

जहाज आक्रमणबारे भारतको रुससँग कडा विरोध

नयाँदिल्ली- युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको एक व्यावसायिक मालवाहक जहाजमा भएको

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

शिक्षा र स्वास्थ्यमा कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा

सुकुना माविमा विद्यार्थीमाथि दुर्व्यवहार : पक्राउ पर्ने शिक्षकको संख्या चार पुग्यो

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० स्थित सुकुना माध्यमिक