विजय र स्वस्तिमा उत्कृष्ट घोषित « Khabarhub

विजय र स्वस्तिमा उत्कृष्ट घोषित


२३ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- छायाछवी क्रियसनले आयोजना गर्दै आएको डी सिने अवार्डको १७ औँ संस्करणमा नायक विजय बराल र नायिका स्वस्तिमा खड्का खड्का उत्कृष्ट घोषित भएका छन् ।

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’बाट बराल र ‘बेहुली फ्रम मेघौली’बाट खड्काले आवार्ड जितेका हुन् ।

फिल्म ‘अञ्जिला’ले दुई अवार्ड हात परेको छ । यो फिल्म उत्कृष्ट घोषित भएको छ । यही फिल्मबाट निर्देशक मिलन चाम्स उत्कृष्ट घोषित भए ।

उत्कृष्ट सहनायक–सहनायिका जितु नेपाल र ऋचा घिमिरे घोषित भए । जितुले ‘कार्साङबाट’ र ऋचाले ‘तेल भिसा’बाट उक्त अवार्ड हात परेकी हुन् ।

फिल्म ‘ह्रस्व दीर्घ’बाट चन्द्र पन्तले उत्कृष्ट डेब्यू नायकको अवार्ड हात पारे ।

यस संस्करणमा चलचित्रकर्मी रजत सम्मान पनि प्रदान गरियो । निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंह सम्मानित भए ।

चलचित्र विकास बोर्डको हलमा बिहीबार अवार्ड वितरण कार्यक्रम राखिएको थियो ।

अवार्ड विजेताको सूची

उत्कृष्ट चलचित्र :
अञ्जीला – मुन लभ इन्टरटेनमेन्ट प्रा. लि

उत्कृष्ट निर्देशक :
मिलनचाम्स – अञ्जीला

उत्कृष्ट अभिनेता :
विजय बराल – पूर्ण बहादुरको सारङ्गी

उत्कृष्ट अभिनेतृ :
स्वास्तिमा खड्का – बेहुलीफ्रम मेघौली

उत्कृष्ट सह अभिनेता :
जीतु नेपाल – कार्साङ

उत्कृष्ट सह अभिनेत्री :
ऋचा घिमिरे – तेलभिसा

उत्कृष्ट चरित्र अभिनय :
राजबल्लभकोइराला – एक्टर टेक वान

उत्कृष्ट नवनिर्देशकः
चन्द्र पन्त – ह्रस्व दीर्घ

उत्कृष्ट लेखन :
लक्ष्मण सुवेदी – सतिदेवी

उत्कृष्ट छायांकार :
पुरुषोत्तमप्रधान – पिताम्बर

उत्कृष्ट सम्पादक :
वन्दे प्रसाद – पिताम्बर

उत्कृष्ट गीतकार :
सुरेन्द्र राना – रुकुम मैकोट – खुश्मा

उत्कृष्ट संगीतकार :
अर्जुन पोखरेल – कसमबत्तिको – ज्वाइँ साब

उत्कृष्ट गायक :
सविन सुवेदी – बिहे भाको छैन – छक्का पञ्जा ५-

उत्कृष्ट गायिका :
बेनीशापौडेल – बिहे भाको छैन – छक्का पञ्जा ५

उत्कृष्ट द्वन्द्वनिर्देशक :
अष्टमहर्जन – एक्टर टेक वान

उत्कृष्ट नृत्य निर्देशक :
रामजी लामीछाने – जुनिजुनि भरिलाई – दुखीआत्मा

उत्कृष्ट जुरी अवार्ड :
कृषाचौलागाई – पिताम्बर

उत्कृष्ट डायोस्पोरा चलचित्र :
शंकर घिमिरे – तेलभिसा

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  ८ : ३७ बजे

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम