भारतीय पर्यटकमा ‘सिभिक सेन्स’ अभाव : सार्वजनिक स्थानमा ‘असभ्य व्यवहार’ले उठ्दैछ प्रश्न « Khabarhub

भारतीय पर्यटकमा ‘सिभिक सेन्स’ अभाव : सार्वजनिक स्थानमा ‘असभ्य व्यवहार’ले उठ्दैछ प्रश्न



काठमाडौं– नेपालमा सबैभन्दा धेरै भारतीय पर्यटक आउछन् । छिमेकी देश, त्यसमाथि खुला सिमाना भएको कारणले भारतीयलाई नेपाल र नेपालीलाई भारत आवतजावतमा सहज छ । नेपाल र भारतबीचको सम्बन्ध राजनीतिक, कूटनीतिक र आर्थिक आयाममा मात्रै सीमित छैन ।

इतिहासदेखि नै दुई देशबीच धार्मिक, सांस्कृतिक र भाषिक पृष्ठभूमि पनि जोडिएको छ । त्यसकारण पनि पशुपति, मुक्तिनाथ दर्शन गर्न वार्षिक लाखौँ भारतीयहरु नेपाल आउँछन् । यसका साथै, उनीहरु पहाड र हिमाल हेर्न पनि नेपाल आउने गरेका छन् ।

आर्थिक दृष्टिकोणले नेपालमा पर्यटक आउनु निकै सुखद पक्ष हो । तर नेपालभन्दा विकसित भएपनि कतिपय भारतीय पर्यटकको गतिविधि हेर्दा उनीहरुमा सिभिक सेन्स भनिने सामाजिक चेतना भने न्यून देखिन्छ ।

विदेश पुगेको हरेक नागरिकले आफ्नो पूरै देशको प्रतिनिधित्व गरेको हुन्छ । नेपाल आउने कतिपय भारतीय पर्यटकले सार्वजनिक स्थलमा थुक्ने र दिसापिसाब गर्नेदेखि आफ्नो निजी गाडीमा अण्डरवयर सुकाउँदै हिँडेको समेत देखिएको छ ।

सरकारसँगै आफू बसेको ठाउँ सफा राख्ने दायित्व नागरिकको पनि हो । एकातिर सरकारले कुचो लगाउँदै जाने र अर्कोतिर नागरिकले फोहोर गर्दै जाने हो भने कहिले पनि सफा हुन सक्दैन । त्यसमा स्वदेशी तथा विदेशी नागरिकको उत्तिकै जिम्मेवारी हुन्छ । तर यस मामिलामा भारतीय निकै चुकेका छन् । पछिल्लो समय भारतीयले गरेका केही अपाच्य हर्कतको चर्चा गरौँ ।

गाडीको झ्यालमा अण्डरवयर

केही समयअघि नेपाल घुम्न आएका भारतीय पर्यटकले आफू चढेको निजी गाडीको झ्यालमा अण्डरवेयर सुकाउँदै हिँडेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । धेरैले यसलाई पर्यटकले ‘सिभिक सेन्स’ को धज्जी उडाएको भन्दै आलोचना गरे ।

सडकमै खाना

भारतको चर्को गर्मी छल्न पनि भारतीयहरु नेपालका हिमाल घुम्न आउँछन् । यतिबेला त्यहाँ अत्यधिक गर्मी छ । अहिले नेपालका विभिन्न ठाउँमा भारतीय पर्यटकको घुइँचो लागेको छ । त्यसकारण गर्मी छल्न र भगवानको दर्शन गर्ने उद्देश्यले मुक्तिनाथलाई गन्तव्य बनाउँछन् । मुक्तिनाथ जान पर्यटकीय राजधानी पोखरा नपुगी हुँदैन ।

पर्यटकीय शहर भएकोले संघीय तथा स्थानीय सरकारले पनि पोखरालाई सफा, सुन्दर र सुरक्षित शहर राख्नमा कोसिस गर्दै आएको छ । तर भारतीय पोखरा शहरको सडकमै खाना पकाउन बसिदिन्छन् । केही समयअघि पोखरामा भारतीय पर्यटकले सडकमै खाना पकाएको भिडियो भाइरल भएको थियो ।

विश्वको उत्कृृष्ट पर्यटकीय गन्तव्य मानिने पोखरामा विश्वभरबाट पर्यटक आएका हुन्छन् । यसरी सडकमै खाना पकाएको दृश्य देख्दा अन्य मुलुकबाट आउने पर्यटकको मनमा नेपाल र नेपालीप्रति पक्कै सकारात्मक छवि बस्दैन ।

खुला ठाउँमा दिसापिसाब

सामाजिक सञ्जालमा केही समयअघि एउटा भिडियो भाइरल भयो । भाइरल भिडियोमा दुई जना भारतीय युवा वरिपरीका मान्छेको बेवास्ता गर्दै खुला ठाउँमा पिसाब फेरिरहेका छन् । यतिकैमा एक जना नेपाली महिला भिडियो बनाउँदै उनीहरुलाई प्रश्न गर्छिन्– यो पिसाब फेर्ने ठाउँ हो ? भारतीयले नेपाली भाषा बुझ्दैनन् र ‘हिन्दी… हिन्दी…बोलो’ भन्छन् । फेरि महिला उनीहरुलाई प्रश्न गर्छिन्, ‘ये पिसाब फेर्नेका जगा है ?’

त्यसपछि उनीहरु लाजै नमानी सरी..सरी भन्दै जोगिन खोज्छन् ।

तीर्थमै भोज

सुनौली बोर्डरबाट नेपाल भित्रिएपछि भैरहवा, बुटवल हुँदै दाउन्ने भन्ने ठाउँमा पुगिन्छ । ‘दाउन्ने देवी’ को नामले उक्त ठाउँको नामाकरण भएको हो । चिसो पानी पाइने दाउन्नेमा पनि भारतीय पर्यटकहरु दर्शन र घुमघामका लागि आउँछन् ।

दाउन्नेमा भेज र ननभेज खाना पाइने होटल प्रशस्त छन् । तर भारतीयहरु मन्दिरको प्रवेशद्वारमै खाना पकाएर भोज गरेको अर्को भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा उनीहरुले सडकमै बसेर रोटी बेलेको, तरकारी काटेको र खाना पकाएको देखिन्छ ।

गुड्का खाएर सडकमै थुक्ने

अर्को भिडियोमा निजी गाडी चढेर भारतीय युवाहरु नेपाल घुम्न आएका छन् । उनीहरुले गुड्का खाएका सडकमै थुकेका छन् । त्यसैमा एक नेपाली युवाले सडकमा किन गुड्का थुकेको ? भनेर प्रश्न गरेका छन् । नेपाली युवकको प्रश्नले उनीहरु नाजवाफ देखिन्छन् । भारतीय युवामा कसैको घरमा होइन, सडकमा त थुकेको हो नि भन्ने मानसिकता देखिन्छ ।

तर अर्को देशको सडकमा थुकेपछि उनीहरु मिनिरल वाटरले गुड्का सफा गर्न तयार भएको देखिन्छन् । उक्त भिडियो भाइरल भएपछि उनीहरुलाई आफ्नै देशवासीले आलोचना गरेका छन् । उनीहरुले अन्तर्राष्ट्रिय स्तरमा भारत र भारतीय छवि माटोमा मिलाएको भन्दै टिप्पणी गरेका छन् । कसैले केही दुरीमा राखिएको डस्टबिन कुर्न किन सकिएन ? भन्नेजस्ता प्रश्न पनि गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ता भारतीय नागरिक दिव्याले लेखेकी छिन्, ‘नेपाल जैसा देश भारतको सिखा रहा है गुटखा खाने वालों के लिए शर्मका विषय है । क्यों करते हो ऐसी हरकतें बाहर जाकर ?’

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता कबिर खानले लेखेका छन्, ‘क्या इंडियाका नाम लोग ऐसे ही बाहर देश में खराब करतें हैं ? गुटखा थूकने की आदत ने दुनिया भर में भारत की छवि को नुकसान पहुंचाया है । नेपाल का एक वीडियो सामने आया हैं । जहां स्थानीय लोग ऐसे लोगों से खुद ही अपनी गंदगी साफ करवा रहे हैं–जिम्मेदारीका असल सबक । अगर इस पिचकारी वाली आदत पर सख्ती से रोक लगाई जाए, तो भारत की आधी सफाई की समस्या वैसे ही खत्म हो सकती हैं । सफाइ सिर्फ सरकार से नहिं, बल्कि हमारी सोच और आदतों से शुरु होती हैं ।’

त्यसैगरी आशिष रञ्जन लेख्छन्, ‘आप किसी देश में जाते हैं तो पुरे देशको रिप्रेजेंट करते हैं या कोई विदेशी हमारे यहाँ आता है तो भी यही बात लागू होती हैं । ऐसा काम मत करें जिससे देश की छवि खराब हो । सिविक सेंस के मामले में हम वाकई गये–गुजरे हैं ।’

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  २ : ५८ बजे

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

काठमाडौं- आर्कषक सेवा सुविधाको प्रलोभन देखाइ ग्रीस र जापान पठाइदिन्छु

चौथो संस्करणको काठमाडौँ–कलिङ्गा साहित्य महोत्सव सुरु

पाटन (ललितपुर)- चौथो संस्करणको काठमाडौं–कलिङ्गा साहित्य महोत्सव आजदेखि ललितपुरमा सुरु

बालजु प्रहरी कार्यलय पुगे पूर्वगृहमन्त्री गुरुङ

काठमाडौं- पूर्वगृहमन्त्री सुदन गुरुङ बालजु प्रहरी कार्यलय पुगेका छन् ।

रास्वपा सरकारको बजेटले नतिजा दिन सक्दैन : वर्षमान 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन

अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु

सिड्नी- पश्चिमी अष्ट्रेलियाको दक्षिणी तटमा शनिबार सार्कले आक्रमण गर्दा एक