नेकपाका सांसदलाई अभिमूखीकरण तालिम « Khabarhub

नेकपाका सांसदलाई अभिमूखीकरण तालिम


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदलाई अभिमूखीकरण तालिम दिएको छ ।

सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संघीय संसदका दुवै सदनका सांसदका लागि तालिम प्रदान गरिएको नेकपा नेता एवं सांसद् वर्षमान पुनले जानकारी दिए ।

एक दिवसीय कार्यशाला नाम दिइएको उक्त प्रशिक्षण कार्यक्रम काठमाडौँको स्वयम्भुस्थित एक होटलमा आयोजना गरिएको थियो ।

कार्यशालामा नेकपा नेता डा. बेदुराम भुसाल, वरिष्ठ अधिवक्ता रामनारायण बिडारी, संविधानविद् एवं संविधानसभा सदस्य खिमलाल देवकोटा र राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयालले सहभागीहरुलाई प्रशिक्षण दिए ।

पूर्वसचिव कार्यशालामा फुयालले संसदीय अभ्यास, संसदीय कार्यप्रक्रिया र संसद् नियमावली, देवकोटाले संविधान र संसद्, भुसालले विधेयकको उत्पत्ति, निर्माण, विधेयक पेश गर्ने प्रक्रिया तथा संशोधनदेखि विधेयक पारित भएर कानून बन्दासम्मको प्रक्रिया र बिडारीले प्रत्यायोजित विधायनका विषयमा प्रस्तुति दिएका थिए ।

सांसदहरुको क्षमतावृद्धि तथा संसदमा प्रभावकारी भूमिका बढाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको उनले जानकारी दिए । संघीय संसदमा नेकपाका ३४ सांसद छन् ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  १२ : ०८ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी