इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प « Khabarhub

इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प


२३ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँग अझै पनि करिब ‘२२ प्रतिशत’ क्षेप्यास्त्र बाँकी रहेको बताएका छन् । एनबीसी न्यूजको ‘मिट द प्रेस’लाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानको सैन्य क्षमतालाई पूर्ण रुपमा नष्ट गरेको बताएका हुन् ।

उनले भने, “तेहरानसँग अब आफ्नो पुरानो मिसाइल क्षमताको २१ देखि २२ प्रतिशत मात्र बाँकी छ ।” इरानसँग बाँकी रहेको क्षेप्यास्त्र भण्डारको यो अनुमान मे महिनामा ट्रम्पले दिएको १८ प्रतिशतभन्दा बढी हो ।

यसअघि, उनले इरानको युद्ध क्षमतालाई पूर्ण रूपमा नष्ट गरेको दाबी गर्दै आएका थिए । इरानको सेनाले शुक्रबार ओमानको खाडीमा रहेका दुई अमेरिकी युद्धक जहाजमा ‘चेतावनीका लागि क्षेप्यास्त्र’ प्रहार गरेको बताएको छ । दुई दिनअघि कुवेतले इरानको जघन्य आक्रमणको एक हिस्साका रूपमा प्रहार गरिएका ३० वटा ब्यालेस्टिक क्षेप्यास्त्र निस्क्रिय पारिएको बताएको थियो ।

दुई देशबीच चेतावनी र हिंसाले भड्किएको हप्तौँदेखिको जटिल वार्ताले युद्ध अन्त्य गर्ने सम्झौता गर्न असफल भएको छ। यसैबीच, अर्को एक प्रसङ्गमा राष्ट्रपति ट्रम्पले ‘इरानसँग सम्झौतामा पुग्नुबाहेक अर्को विकल्प नभएको’ पनि बताएका छन् । उनले भने, “तिनीहरू बलियो छन र घमण्ड पनि गर्छन् किनकि त्यहाँ अझै चीज (हतियार)हरू छन् । उनीहरू आफैले इरानसँग त्यो पैमानामा हतियार छन् भन्ने कहिल्यै सोचेका थिएनन् ।”

तर, ट्रम्पको यो दाबी अमेरिकी गुप्तचर निकायको रिपोर्टसँग मेल खाँदैन । न्यूयोर्क टाइम्सको एक प्रतिवेदन अनुसार गत महिना अमेरिकी सांसदहरूलाई दिइएको एक जानकारीमा इरानले ‘स्ट्रेट अफ हर्मुज’ नजिकै रहेका आफ्ना ३३ क्षेप्यास्त्र स्थानमध्ये ३० भन्दा बढी ‘अपरेशनल कन्ट्रोल’लाई पुनः स्थापित गरेको जानकारी दिइएको थियो ।

इरानसँग अझै पनि युद्धपूर्वको तुलनामा ७० प्रतिशत क्षेप्यास्त्र भण्डार रहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  ७ : १६ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका