चित्रकलामा मध्यपुरका सम्पदा « Khabarhub

चित्रकलामा मध्यपुरका सम्पदा


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मध्यपुरथिमिको संस्कृति र सम्पदाको संरक्षणका लागि आजदेखि यहाँ ‘चित्रकलामा मध्यपुरका सम्पदाहरू’ कार्यक्रम सुरु भएको छ ।

मध्यपुरथिमि नगरपालिका–८ बोडेको आयोजना तथा एमेजिङ आर्ट एण्ड ट्रेनिङ सेन्टरको संयोजनमा उक्त कार्यक्रम सुरु भएको हो । शनिबारीय स्थलगत चित्रकला कार्यशाला अभियानको सहकार्यमा आज यहाँ एक समारोहबीच कार्यक्रमको सुरुआत गरिएको छ ।

यहाँका सम्पदालाई २५ जना कलाकारले चित्रमा उतार्दै छन् । वडाध्यक्ष रमेश थापा श्रेष्ठले यस्ता चित्रले पछिल्लो पुस्तालाई ज्ञान हस्तान्तरण गरी हराएका सम्पदा पुनःनिर्माणका लागि सहयोग पुग्ने बताए ।

उनले भने, ‘यहाँका भौतिक र अभौतिक सम्पदा, एक/दुई सय वर्षअघि बनाएको यो वस्ती निकै सुन्दर र व्यवस्थित छन् । ठाउँ ठाउँमा पार्टी, मन्दिर छन् । खुला स्थान बनाइएको छ । आर्किटेक्टका रूपमा हेर्दा राम्रो छ । यति सुन्दर क्षेत्रलाई पर्यटकीय रूपमा अघि बढाउनुपर्छ भनेर लागेका छौँ ।’

वडाध्यक्ष श्रेष्ठले चित्रलाई बुकलेटका रूपमा प्रचारप्रसार गर्न उपयोग गरिने र सङ्ग्रहालयमा राख्ने सोच रहेको बताए । कार्यक्रमका संयोजक जुजुभाई बाँस श्रेष्ठले चित्रमार्फत मध्यपुर थिमिका संस्कृति र सम्पदाको संरक्षण गर्ने उद्देश्य रहेको बताए ।

उनले एक सय वर्षपछि चित्र हेरेर पुरानो सम्पदा यस्तो रहेछ भन्ने थाहा पाइने र सोहीअनुसार सम्पदा निर्माण गर्न यसको महत्त्व रहेको बताए ।

शनिबारीय स्थलगत चित्रकला कार्यशाला अभियानका सचिव दिवेश प्रधानले उक्त कार्यक्रममा २५ जना कलाकार सहभागी भएको जानकारी दिए । उनका अनुसार बोडेका सात, नगदेशका एक र थिमिका १२ गरी २० सम्पदा क्षेत्र र पाँच वटा अभौतिक सम्पदा नाच तथा जात्राबारे चित्र सिर्जना हुनेछन् । ती चित्र सङ्ग्रहालयमा राख्न सकिने र पुस्तकका रूपमा समेत संरक्षण गर्न सकिने उनले बताए ।

कलाकारले चित्रमार्फत दस्तावेजीकरणको भूमिका खेल्न सक्ने भएकाले विगत आठ वर्षदेखि यो अभियान जारी रहेको जनाइएको छ । चित्र निर्माण भएपछि अर्को शनिबार यहाँ चित्रकला प्रदर्शनी हुने छ । वडा नं ८ का सचिव रञ्जन प्रजापतिले मध्यपुर कला संस्कृतिको धनी भए पनि दस्तावेजीकरण हुन नसकेकाले कलाकारको सहयोगमा चित्रमार्फत संरक्षण प्रयास थालिएको बताए ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ९ : २२ बजे

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१