सात वर्षपछि भारत साफ महिला च्याम्पियन, फाइनलमा बंगलादेश ३–१ ले पराजित « Khabarhub

सात वर्षपछि भारत साफ महिला च्याम्पियन, फाइनलमा बंगलादेश ३–१ ले पराजित


२३ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले सात वर्षको प्रतीक्षापछि साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। शनिबार गोवास्थित जवाहरलाल नेहरू रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गर्दै भारतले उपाधिमाथि कब्जा जमाएको हो ।

भारतको जितमा प्यारी जाक्सा, सानफिदा नोङग्रुम र ल्यान्डा कोमले एक–एक गोल गरिन् । सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको भारतले अवसरहरूलाई सदुपयोग गर्दै बंगलादेशमाथि दबाब कायम राखेको थियो ।

यता, बंगलादेशका लागि रितु चक्माले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन। फाइनलमा उत्कृष्ट प्रदर्शन गरे पनि बंगलादेशले भारतको सशक्त आक्रमण रोक्न सकेन ।

यस जितसँगै भारतले सात वर्षपछि पुनः साफ महिला च्याम्पियनसिपको उपाधि उचाल्न सफल भएको छ। प्रतियोगिताभर प्रभावशाली प्रदर्शन गरेको भारतीय टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै दक्षिण एसियाली महिला फुटबलमा आफ्नो वर्चस्व पुनः स्थापित गरेको छ।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  ९ : २९ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण