सात वर्षपछि भारत साफ महिला च्याम्पियन, फाइनलमा बंगलादेश ३–१ ले पराजित « Khabarhub

सात वर्षपछि भारत साफ महिला च्याम्पियन, फाइनलमा बंगलादेश ३–१ ले पराजित


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले सात वर्षको प्रतीक्षापछि साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। शनिबार गोवास्थित जवाहरलाल नेहरू रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गर्दै भारतले उपाधिमाथि कब्जा जमाएको हो ।

भारतको जितमा प्यारी जाक्सा, सानफिदा नोङग्रुम र ल्यान्डा कोमले एक–एक गोल गरिन् । सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको भारतले अवसरहरूलाई सदुपयोग गर्दै बंगलादेशमाथि दबाब कायम राखेको थियो ।

यता, बंगलादेशका लागि रितु चक्माले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन। फाइनलमा उत्कृष्ट प्रदर्शन गरे पनि बंगलादेशले भारतको सशक्त आक्रमण रोक्न सकेन ।

यस जितसँगै भारतले सात वर्षपछि पुनः साफ महिला च्याम्पियनसिपको उपाधि उचाल्न सफल भएको छ। प्रतियोगिताभर प्रभावशाली प्रदर्शन गरेको भारतीय टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै दक्षिण एसियाली महिला फुटबलमा आफ्नो वर्चस्व पुनः स्थापित गरेको छ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ९ : २९ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा