इयू टी–२० लिग : जेबी ब्रुग्स २७ रनले पराजित « Khabarhub

इयू टी–२० लिग : जेबी ब्रुग्स २७ रनले पराजित


२३ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेल्जियममा पहिलो पटक आयोजना भइरहेको इयू टी–२० लिगमा तीन नेपाली खेलाडी आबद्ध रहेको जेबी ब्रुग्सले प्रतियोगिताको सुरुआती खेलमा हार बेहोरेको छ ।

शनिबार वर्षाका कारण प्रभावित खेलमा एक्सल युनाइटेड ब्रसेल्ससँग जेबी ब्रुग्स डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअनुसार २७ रनले पराजित भएको हो । जेबी ब्रुग्सबाट नेपाली खेलाडी इशान पान्डे, गुल्शन झा र ललित राजवंशी मैदानमा उत्रिएका थिए ।

पहिले ब्याटिङ गरेको जेबीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रनको योगफल तयार पारेको थियो । टोलीका लागि लाहिरु मिलान्थाले सर्वाधिक ५१ रन बनाए भने निखिल चौधरीले ४७ रनको योगदान दिए । नेपाली खेलाडीमध्ये गुल्शन झाले २१ रन जोडे, तर इशान पान्डे १ रनमै सीमित भए ।

१६० रनको लक्ष्य पछ्याएको एक्सल युनाइटेड ब्रसेल्सले १२.५ ओभरमा ४ विकेट गुमाएर १२४ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । लगातार वर्षा भएपछि खेल पुनः सञ्चालन हुन नसक्दा डीएलएस गणनाका आधारमा ब्रसेल्स विजयी घोषित भयो ।

बलिङतर्फ नेपाली स्पिनर ललित राजवंशीले २.५ ओभरमा ३९ रन खर्चिए पनि कुनै विकेट लिन सकेनन् । जेबी ब्रुग्स नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज जनकपुर बोल्ट्ससँग आबद्ध ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको टोली हो ।

यस टोलीमा नेपाली राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी र ब्याट्सम्यान अनिल साह पनि अनुबन्धित छन् । तर दीपेन्द्र राष्ट्रिय टोलीको जिम्मेवारीमा रहेकाले बेल्जियम पुगेका छैनन् भने अनिल नेपाल ‘ए’ टोलीसँग व्यस्त रहेका कारण प्रतियोगितामा सहभागी हुन सकेनन् । नेपाल ‘ए’ टोलीसँग भारतको उत्तराखण्ड भ्रमणमा रहेका ललित राजवंशी भने त्यहीँबाट बेल्जियम पुगेर टोलीमा सामेल भएका हुन्।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  ९ : ३९ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी