इयू टी–२० लिग : जेबी ब्रुग्स २७ रनले पराजित « Khabarhub

इयू टी–२० लिग : जेबी ब्रुग्स २७ रनले पराजित


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेल्जियममा पहिलो पटक आयोजना भइरहेको इयू टी–२० लिगमा तीन नेपाली खेलाडी आबद्ध रहेको जेबी ब्रुग्सले प्रतियोगिताको सुरुआती खेलमा हार बेहोरेको छ ।

शनिबार वर्षाका कारण प्रभावित खेलमा एक्सल युनाइटेड ब्रसेल्ससँग जेबी ब्रुग्स डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअनुसार २७ रनले पराजित भएको हो । जेबी ब्रुग्सबाट नेपाली खेलाडी इशान पान्डे, गुल्शन झा र ललित राजवंशी मैदानमा उत्रिएका थिए ।

पहिले ब्याटिङ गरेको जेबीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रनको योगफल तयार पारेको थियो । टोलीका लागि लाहिरु मिलान्थाले सर्वाधिक ५१ रन बनाए भने निखिल चौधरीले ४७ रनको योगदान दिए । नेपाली खेलाडीमध्ये गुल्शन झाले २१ रन जोडे, तर इशान पान्डे १ रनमै सीमित भए ।

१६० रनको लक्ष्य पछ्याएको एक्सल युनाइटेड ब्रसेल्सले १२.५ ओभरमा ४ विकेट गुमाएर १२४ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । लगातार वर्षा भएपछि खेल पुनः सञ्चालन हुन नसक्दा डीएलएस गणनाका आधारमा ब्रसेल्स विजयी घोषित भयो ।

बलिङतर्फ नेपाली स्पिनर ललित राजवंशीले २.५ ओभरमा ३९ रन खर्चिए पनि कुनै विकेट लिन सकेनन् । जेबी ब्रुग्स नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज जनकपुर बोल्ट्ससँग आबद्ध ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको टोली हो ।

यस टोलीमा नेपाली राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी र ब्याट्सम्यान अनिल साह पनि अनुबन्धित छन् । तर दीपेन्द्र राष्ट्रिय टोलीको जिम्मेवारीमा रहेकाले बेल्जियम पुगेका छैनन् भने अनिल नेपाल ‘ए’ टोलीसँग व्यस्त रहेका कारण प्रतियोगितामा सहभागी हुन सकेनन् । नेपाल ‘ए’ टोलीसँग भारतको उत्तराखण्ड भ्रमणमा रहेका ललित राजवंशी भने त्यहीँबाट बेल्जियम पुगेर टोलीमा सामेल भएका हुन्।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ९ : ३९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका