आर्केडियाकी पूर्वमेयरद्वारा चिनियाँ सरकारको अवैध एजेन्ट बनेको आरोप स्वीकार « Khabarhub

आर्केडियाकी पूर्वमेयरद्वारा चिनियाँ सरकारको अवैध एजेन्ट बनेको आरोप स्वीकार


२३ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित आर्केडिया सहरकी पूर्वमेयर आइलिन वाङले चिनियाँ सरकारको अवैध एजेन्टको रूपमा काम गरेको कुरा संघीय अदालतमा स्वीकार गरेकी छन् । सन् २०२४ मा आर्केडियाका मतदाताहरूले सहरको इतिहासमै पहिलो पटक पूर्ण रूपमा एसियाली मूलका प्रतिनिधिहरू मात्र रहेको नगर परिषद् (सिटी काउन्सिल) चयन गरेका थिए ।

सोही परिषद्की एक सदस्य तथा पूर्वमेयर वाङले शुक्रबार अदालतमा आफ्नो गल्ती स्वीकार गरेसँगै स्थानीय क्षेत्रमा नयाँ तरंग पैदा भएको छ । यस घटनाले गर्दा समग्र चिनियाँ तथा एसियाली अमेरिकी समुदायमाथि अनावश्यक शंका र निगरानी बढ्न सक्ने भन्दै स्थानीय बासिन्दाहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।

पछिल्ला दुई दशकमा चीन, ताइवान र हङकङका आप्रवासीहरूको आगमनसँगै लस एन्जलसको पूर्वी क्षेत्रमा पर्ने स्यान ग्याब्रिएल भ्याली र आर्केडिया सहरको जनसांख्यिकीय बनावटमा तीव्र परिवर्तन आएको छ । हाल करिब ५३ हजार जनसंख्या भएको आर्केडिया सहरमा एसियाली मूलका मानिसहरूको बाहुल्यता रहेको छ ।

गत मे ११ मा वाङको मुद्दा सार्वजनिक भएपछि यसले राष्ट्रिय स्तरमै चर्चा पायो भने शान्त उपनगरीय क्षेत्रका बासिन्दामाझ आक्रोश, निराशा र चिन्ता फैलिएको थियो । सामाजिक सञ्जालहरूमा पनि चिनियाँ जासुस र चिनियाँ कम्युनिष्ट पार्टीको प्रभावलाई लिएर व्यापक बहस सुरु भएको छ ।

यसै सन्दर्भमा कार्यवाहक मेयर पल चेङले एक विज्ञप्ति जारी गर्दै यस घटनालाई बहाना बनाएर सम्पूर्ण समुदायलाई एउटै नजरले हेर्न वा राजनीतिक फाइदाका लागि जातियतालाई हतियार बनाउन नहुने कुरामा जोड दिएका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  ४ : ४६ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना