आर्केडियाकी पूर्वमेयरद्वारा चिनियाँ सरकारको अवैध एजेन्ट बनेको आरोप स्वीकार « Khabarhub

आर्केडियाकी पूर्वमेयरद्वारा चिनियाँ सरकारको अवैध एजेन्ट बनेको आरोप स्वीकार


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित आर्केडिया सहरकी पूर्वमेयर आइलिन वाङले चिनियाँ सरकारको अवैध एजेन्टको रूपमा काम गरेको कुरा संघीय अदालतमा स्वीकार गरेकी छन् । सन् २०२४ मा आर्केडियाका मतदाताहरूले सहरको इतिहासमै पहिलो पटक पूर्ण रूपमा एसियाली मूलका प्रतिनिधिहरू मात्र रहेको नगर परिषद् (सिटी काउन्सिल) चयन गरेका थिए ।

सोही परिषद्की एक सदस्य तथा पूर्वमेयर वाङले शुक्रबार अदालतमा आफ्नो गल्ती स्वीकार गरेसँगै स्थानीय क्षेत्रमा नयाँ तरंग पैदा भएको छ । यस घटनाले गर्दा समग्र चिनियाँ तथा एसियाली अमेरिकी समुदायमाथि अनावश्यक शंका र निगरानी बढ्न सक्ने भन्दै स्थानीय बासिन्दाहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।

पछिल्ला दुई दशकमा चीन, ताइवान र हङकङका आप्रवासीहरूको आगमनसँगै लस एन्जलसको पूर्वी क्षेत्रमा पर्ने स्यान ग्याब्रिएल भ्याली र आर्केडिया सहरको जनसांख्यिकीय बनावटमा तीव्र परिवर्तन आएको छ । हाल करिब ५३ हजार जनसंख्या भएको आर्केडिया सहरमा एसियाली मूलका मानिसहरूको बाहुल्यता रहेको छ ।

गत मे ११ मा वाङको मुद्दा सार्वजनिक भएपछि यसले राष्ट्रिय स्तरमै चर्चा पायो भने शान्त उपनगरीय क्षेत्रका बासिन्दामाझ आक्रोश, निराशा र चिन्ता फैलिएको थियो । सामाजिक सञ्जालहरूमा पनि चिनियाँ जासुस र चिनियाँ कम्युनिष्ट पार्टीको प्रभावलाई लिएर व्यापक बहस सुरु भएको छ ।

यसै सन्दर्भमा कार्यवाहक मेयर पल चेङले एक विज्ञप्ति जारी गर्दै यस घटनालाई बहाना बनाएर सम्पूर्ण समुदायलाई एउटै नजरले हेर्न वा राजनीतिक फाइदाका लागि जातियतालाई हतियार बनाउन नहुने कुरामा जोड दिएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ४ : ४६ बजे

वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत

बागमती – बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले एक वर्षे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला