अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना « Khabarhub

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

पीडादायी बन्यो नर्वेसँगको हार


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ प्रशिक्षक कार्लो एन्सेलोटीलाई अनुबन्ध गरेको ब्राजिलका लागि नर्वेसँगको २–१ को हार निकै पीडादायी बन्यो ।

विश्वकपमा ब्राजिल युरोपेली टोलीसँग नकआउट चरणमा लगातार छैटौँ पटक पराजित भएको हो । ब्राजिल यसअघि ३६ वर्षअघि (सन् १९९० मा) चिरप्रतिद्वन्द्वी अर्जेन्टिनासँग अन्तिम १६ मा १–० ले पराजित हुँदै क्वार्टरफाइनल पुग्न असफल भएको थियो ।

आइतबार राति मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक खेलमा पाँच पटकको विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वेले इतिहासमै पहिलो पटक क्वार्टरफाइनलको यात्रा तय गरेको हो । पराजयसँगै ब्राजिल सन् १९९० पछि पहिलो पटक विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको हो ।

खेलको तेस्रो मिनेटमै नर्वेका पाट्रिक बर्गले बललाई जाली चुमाए पनि त्यसअघि अफसाइड भएकाले गोलले मान्यता पाएन । सुरुवाती दबाबपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो, जहाँ क्रिस्टोफर अजेरले बक्सभित्र माथिअस कुन्हालाई लडाएका थिए । तर, निल्यान्डले उत्कृष्ट बचाउ गरे । त्यसपछि पनि निल्यान्डले भिनिसियस जुनियर र ग्याब्रिएल मार्टिनेलीका प्रहारलाई विफल पार्दै नर्वेको संकट टारेका थिए ।

पहिलो हाफमा खासै प्रभाव जमाउन नसकेका हालान्डले खेलको दोस्रो हाफमा भने आफ्नो जादु देखाए । ६७ औँ मिनेटमा नेयमार मैदान प्रवेश गरेपछि ब्राजिलियन समर्थक उत्साहित देखिए पनि खेलको नतिजा नर्वेको पक्षमा गयो । एन्ड्रियास स्चिएल्डेरुपको क्रसमा हालान्डले सानदार हेड गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ९० औँ मिनेटमा हालान्डले डिबक्सको किनाराबाट उत्कृष्ट प्रहार गर्दै नर्वेको अग्रता दोब्बर बनाए । इन्जुरी समयको दशौँ मिनेटमा क्यासेमिरोलाई कुहिनोले हानेपछि ब्राजिलले खेलको दोस्रो पेनाल्टी पायो, जसलाई नेयमारले गोलमा परिणत गरे पनि नर्वे २–१ ले विजयी भयो ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ५ : ०५ बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको