युट्युब हेरेरै व्यावसायिक कृषिमा सक्रिय « Khabarhub

युट्युब हेरेरै व्यावसायिक कृषिमा सक्रिय


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दाङ– अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम हो । तर दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी सुलोचना शेर्पाले त्यही युट्युबलाई आफ्नो जीवन बदल्ने पाठशाला बनाएकी छिन् ।

पाँच वर्षअघि मोबाइलको पर्दाबाट सुरु भएको सिकाइले आज उनलाई व्यावसायिक कागती कृषकका रूपमा स्थापित गरेको छ । कुनै औपचारिक तालिम नलिई, कृषि विज्ञको ढोका नढकढक्याईं सुलोचनाले युट्युबमा उपलब्ध सामग्री हेरेरै कागतीखेतीका आधुनिक विधि सिकिन् । त्यसपछि घरसँगै जोडिएको ११ कट्ठा जग्गामा ३०० वटा कागतीका बिरुवा रोपेर व्यावसायिक खेती सुरु गरिन् । ‘मैले युट्युबबाट धेरै कुरा सिकेँ, त्यसबाट आत्मविश्वास बढ्यो र खेती सुरु गर्ने निर्णय गरेँ’, उनले भनिन् ।

सुरुआती वर्षमा उत्पादन कम भए पनि उनी निराश भइनन् । बोटको नियमित हेरचाह, सिँचाइ र प्राङ्गारिक मलको प्रयोगलाई निरन्तरता दिइन् । त्यसको प्रतिफलस्वरूप गत वर्ष सबै खर्च कटाएर करिब एक लाख ५० हजार आम्दानी गर्न सफल भइन् ।

यस वर्ष भने बगैँचाका अधिकांश बोट फलले लटरम्म छन् । उत्पादन बढेकाले आम्दानी दुई लाखसम्म पुग्ने अपेक्षा उनको छ । ‘गत वर्षभन्दा यसपालि धेरै राम्रो फल लागेको छ, मेहनतको प्रतिफल देखिन थालेको छ’, उनले भने ।

अहिले उनले विभिन्न कृषिसम्बन्धी सङ्घसंस्था र सरकारी निकायबाट पनि प्राविधिक सहयोग लिन थालेकी छिन् । झोल मल, गोठे मल र गड्यौला मलको प्रयोग गरेर प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिइरहेकी छिन् । यसले उत्पादनको गुणस्तर सुधारिनुका साथै लागत पनि घटेको उनको अनुभव छ ।

सुलोचनाको बुझाइमा अहिले सूचना र प्रविधिको पहुँच गाउँसम्म पुगेको छ । त्यसलाई मनोरञ्जनमा मात्र सीमित नराखी सीप सिक्ने माध्यमका रूपमा उपयोग गर्न सके आत्मनिर्भर बन्न सकिन्छ ।

उजको सफलताले आधुनिक प्रविधिको सही उपयोगले गाउँमै बसेर पनि रोजगारी र आम्दानीका नयाँ अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।

कुनै समय मनोरञ्जनका लागि चलाइएको मोबाइल आज उनका लागि खेतीको गुरु बनेको छ भने कागती बगैँचाले उनको जीवनमा आर्थिक आत्मनिर्भरताको नयाँ अध्याय लेखिदिएको छ । (रासस)

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ११ : ४२ बजे

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले