कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’ « Khabarhub

कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

मान्म– विषादीले मानव स्वास्थ्य र कृषिमा गम्भीर चुनौती थपिएको भन्दै  प्रयोगलाई कम गर्ने उद्देश्यले आज कालीकोटमा ‘विषादी जोखिम न्यूनीकरण’ अभियान सञ्चालन गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालय कालीकोटको सक्रियतामा स्थानीय कृषकको खेतबारीसम्म पुगेर र बजार अनुगमनलाई तीव्रता पार्दै यहाँ ‘विषादी जोखिम न्यूनीकरण’ अभियान प्रभावकारी रुपमा सञ्चालन गरिएको छ ।  

रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर देखिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा रत्नवीर सुनारले बताए ।
 
‘विषादीका कारण क्यान्सर, कलेजो तथा मिर्गौलामा क्षति, ट्युमर, प्रजननसम्बन्धी समस्या, स्नायु प्रणालीमा असर, छालामा एलर्जी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने गरेको छ’, उनले भने । 

विषादी नियन्त्रण गर्दै सुरक्षित, स्वच्छ र पोषणयुक्त खाद्य उत्पादन तथा उपभोगलाई प्रवर्द्धन गर्न तत्तत् निकायसँग  सहकार्य आवश्यक रहेको जिल्ला समन्वय प्रमुख धनजितबहादुर शाहीले बताए ।
 
‘जैविक विविधताको संरक्षण, स्वस्थ जीवनशैलीको विकास र जनचेतना अभिवृद्धिका लागि विषादी व्यवस्थापनसम्बन्धी अभियानलाई निरन्तर सञ्चालन गर्नुपर्छ’, उनले भने ।

विषादीको प्रयोग हुन नदिन र पोषण प्रवर्द्धनलाई प्रभावकारी बनाउन स्थानीय तह, कृषि तथा स्वास्थ्य क्षेत्रसँग समन्वय गरी समुदायस्तरमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने गरेको खाडाँचक्र नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुव बरालले बताए । 

‘विषादीका प्रयोग रोक्नका लागि जनचेतनामूलक अभियान र ओसारपसारमा कडाइ गर्नुपर्छ’, उनले भने । प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले  खाद्यबालीमा जथाभाबी विषादीको प्रयोग नगर्न अभियानमार्फत सबैलाई आग्रह गरे । रासस

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  १२ : ०० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट