कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’ « Khabarhub

कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

मान्म– विषादीले मानव स्वास्थ्य र कृषिमा गम्भीर चुनौती थपिएको भन्दै  प्रयोगलाई कम गर्ने उद्देश्यले आज कालीकोटमा ‘विषादी जोखिम न्यूनीकरण’ अभियान सञ्चालन गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालय कालीकोटको सक्रियतामा स्थानीय कृषकको खेतबारीसम्म पुगेर र बजार अनुगमनलाई तीव्रता पार्दै यहाँ ‘विषादी जोखिम न्यूनीकरण’ अभियान प्रभावकारी रुपमा सञ्चालन गरिएको छ ।  

रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर देखिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा रत्नवीर सुनारले बताए ।
 
‘विषादीका कारण क्यान्सर, कलेजो तथा मिर्गौलामा क्षति, ट्युमर, प्रजननसम्बन्धी समस्या, स्नायु प्रणालीमा असर, छालामा एलर्जी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने गरेको छ’, उनले भने । 

विषादी नियन्त्रण गर्दै सुरक्षित, स्वच्छ र पोषणयुक्त खाद्य उत्पादन तथा उपभोगलाई प्रवर्द्धन गर्न तत्तत् निकायसँग  सहकार्य आवश्यक रहेको जिल्ला समन्वय प्रमुख धनजितबहादुर शाहीले बताए ।
 
‘जैविक विविधताको संरक्षण, स्वस्थ जीवनशैलीको विकास र जनचेतना अभिवृद्धिका लागि विषादी व्यवस्थापनसम्बन्धी अभियानलाई निरन्तर सञ्चालन गर्नुपर्छ’, उनले भने ।

विषादीको प्रयोग हुन नदिन र पोषण प्रवर्द्धनलाई प्रभावकारी बनाउन स्थानीय तह, कृषि तथा स्वास्थ्य क्षेत्रसँग समन्वय गरी समुदायस्तरमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने गरेको खाडाँचक्र नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुव बरालले बताए । 

‘विषादीका प्रयोग रोक्नका लागि जनचेतनामूलक अभियान र ओसारपसारमा कडाइ गर्नुपर्छ’, उनले भने । प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले  खाद्यबालीमा जथाभाबी विषादीको प्रयोग नगर्न अभियानमार्फत सबैलाई आग्रह गरे । रासस

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  १२ : ०० बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक